आफ्नो फोक्सो ७२ घण्टामा आफैं यसरी सफा गर्नुहोस्

चुरोट खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ । तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ ।

यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नुहोला । यो निकै महत्वपूर्ण कुरा हो किनभने दुग्धजन्य पदार्थको सेवनले गर्दा फोक्सोमा भएका विषाक्त तत्वहरुलाई बाहिर फाल्न शरीरलाई गाह्रो पर्छ । घरेलु विधि प्रयोग गर्ने तरीका:

१. यो विधि सुरु गर्दाको पहिलो दिनमा सुत्नु अगाडि जडिबुटीबाट बनेको चिया खानुहोस् । यस्तो चिया खानाले पेटमा भएका र कब्जियतको कारक बनेका विषाक्त तत्वहरु नाश हुन्छन् जसले गर्दा फोक्सोलाई आफ्नो काम गर्न सजिलो हुन्छ ।

२. दोश्रो दिनमा बिहानको खाना खानुपूर्व दुईवटा कागतीलाई तातो पानीमा मिसाएर खानुहोस् । त्यसपछि ३०० मिली भुँइकटहर वा अंगुरको जुस खानुहोस् । किनभने यसमा प्राकृतिक एन्टीअक्सिडेन्ट हुन्छ जसले श्वास प्रश्वास प्रणालीलाई सहयोग गर्दछ ।

३.

बिहानको खाना र दिउँसोको खानाको बीचमा ३०० मिली गाजरको जुस पिउनुहोस् । गाजरको जुसले शरीरमा अल्कालीको मात्रा बढाउँछ ।

४.दिउँसो खाना खानुसँगै पोटासियम भएको जुस ४०० मिली पिउनुहोस् किनभने पोटासियममा विषाक्त तत्व फाल्ने क्षमता हुन्छ । यसका लागि आँप, केरा, सुन्तला, मेवा जस्ता फलफूलको जुस सेवन गर्दा उपयुक्त हुन्छ । अनि बेलुका सुत्नु अगाडि ४०० मिली अल्छाको जुस पिउनुहोस् र यसले गर्दा फोक्सोमा संक्रमण गरेका ब्याक्टेरिया मर्ने गर्दछन् । ५‍. यस बाहेक तातो पानीले २० मिनेट नुहाउँदा यो विधि अझै प्रभावकारी हुन्छ । तातो पानीले नुहाउँदा फोक्सोमा भएका विषाक्त पदार्थ बाहिर निस्कन्छन् । यस बाहेक मसलाको तेल मिसाएको तातो पानीको बाफ लिंदा अझ राम्रो हुन्छ

यो पनि,घुँडामा समस्या भएका व्यक्तिले गर्दै नगर्नुहोस् यी गल्ती, नत्र हड्डि खप्टिने समस्याको जोखीम, घुँडा गोडाको महत्वपूर्ण जोर्नी हो। उठबस र हिँडडुलमा घुँडाकै भूमिका ठूलो हुन्छ। घुँडाको जोर्नीमा समस्या भए शारीरिक गतिविधिमै अप्ठ्यारो निम्तिन्छ। यस्तो महत्वपूर्ण घुँडामा समस्या भए केही सजगता अपनाउनुहोुस्: घुँडाको जोर्नीमा समस्या छ भने घुँडा खुम्च्याएर बस्ने बानी बन्द नै गर्नुहोस्। घुँडा खुम्च्याएर बस्दा जोर्नीमा दबाब पर्ने र झनै समस्या बढ्ने हुन्छ। गोडा तेस्र्याएर तथा कुर्सीका पुट्ठो अड्याएर घुँडामा दबाब नपर्ने गरी बस्नु पर्छ।

घुँडाको जोर्नी खिइएका तथा दुख्ने समस्या भएकाहरुले पलेँटी कसेर पनि बस्नु हुँदैन। पलेँटी कसेर बस्दा एक-आपसमा हड्डीहरु खप्टिने, रगटिने हुन्छ। यसले समस्या झनै बढाउँदै लैजान्छ भने दैनिक गतिविधिमै अप्पठ्यारो पार्छ।घुँडाको जोर्नीमा समस्या भएका व्यक्तिले उकालो–ओरालो गर्दा विशेष ध्यान दिनुपर्छ। घरको सिँढी चढ्दा या ओर्लिदा पनि ध्यान दिनुपर्छ। सकेसम्म यस्तो उकालो–ओरालोमा कमै हिँड्नु राम्रो हुन्छ। हिँड्नैपर्दा घुँडाका हड्डीमा कम दबाब पर्ने गरी विस्तारै हिँड्नुपर्छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *