रवि लामिछा’नेको काउन्टर घोषणाः विदेशबाट नेपाल फर्किनेलाई फ्रि टिकट, फ्रि भिसा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशबाट नेपाल फर्किने गरिब नेपालीलाई फ्रि टिकट, फ्रि भिसा दिने घोषणा गरेका छन्।

चुनावी सभालाई शनिबार चितवनमा सम्बोधनका क्रममा लामिछानेले प्रधानमन्त्रीपत्नी आरजु राणा र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई काउन्टर जवाफ दिँदै भने,‘जानेलाई होइन, मत परिवर्तन गर्नुहोस् विदेशबाट नेपाल फर्किनेलाई फ्रि टकट, फ्रि भिसा हुन्छ। दुई जनाबाट सुरु गरौंला दुई सय हुँदै बढाउँदै गइन्छ।’

गठबन्धनलाई मत माग्दै राणा र नेपालले फ्रि भिसा, फ्रि टिकटमा विदेश विदेश पठाइने भनी विवादीत अभिव्यक्ति दिएका थिए। त्यसको सर्वत्र आलोचना भएको थियो।

दल परिवर्तनका लागि कुनै दबाब नभएको बताएका लामिछानेले यस पटक मत परिवर्तन गर्नका लागि अपिल गरेका छन्। परम्परागत दलहरूको विकल्पमा आक्रामक रुपमा चुनावी प्रचार र अभियानमा सक्रिय रहेका लामिछानेले भने,‘हामी कुनै रहरले होइन, पटक पटक सच्चिनका लागि, अस्पताल बनाऊ, विद्यालय खोल, भ्रष्टाचार रोक भनेकै हो। नगरेपछि राजनीतिमा आएको हुँ।’

उनले निर्धक्कसँग मतदान गर्न अपिल गर्दै कसैसँग नडराउनका लागि आग्रह गरे। भने,‘म डराउने मान्छे होइन, कोही डराउन आवश्यक छैन। मतदानमा सहभागी भएर घन्टीमा मत दिनुहोस्।’

उनले आफ्नो सभामा उपस्थित भएकालाई हेर्न आएको, फोटो खिच्न आएको भनी एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कटाक्षको प्रत्युत्तर दिँदै भने,‘यो हेर्न आएको भिड होइन, देखाउन आएको भिड हो। मंसिर ४ गते देखाइदिनुहोस्।’

चितवन–३ मा लामिछानेले सम्झौता गरी चितवन–२ मा गएको भन्ने टिप्पणीको जवाफमा उनले भने,‘मैले अहिलेसम्म कसैसँग सम्झौता गरेको छैन। हाम्रो उम्मेदवार जिता बराल चितवन–३ मा हुनुहुन्छ, जिताउनुहोस्।’

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *