अष्ट्रेलिया :- ब्युटी अर्थात् सुन्दरता, सुन्दर हुन को चाहँदैन यो संसारमा ?
सुन्दर देखिन अनि भनिन चाहनेको संख्या जति धेरै छ त्यति नै ठूलो यो सुन्दरता व्यवसायको छ। विश्वभर सुन्दर बन्ने चाहना राख्नेहरू छन्।
जसले गर्दा मानिसलाई सुन्दर बनाउने मानिसहरू पनि धेरै नै छन्। वास्तवमा सुन्दरता यतिखेर मानिसहरूको पेशा र व्यवसायको उद्योग नै बनिसकेको छ। यो उद्योगमा काम गर्नेहरूको कमाई पनि राम्रा देखिन चाहनेहरूको संख्यासँगै बढिरहेको छ
अष्ट्रेलिया एक हिसाबले संसारकै उन्नत र विकसित देश हो। त्यसमा पनि धनि राष्ट्र र तुलनात्मक हिसाबमा विश्वका अरू देशहरूमा भन्दा यहाँका मानिसहरूको कमाई र खर्च गर्ने शक्ति धेरै छ। त्यसैले यहाँ ब्युटीपार्लरको काम गर्नेहरूको कमाई र व्यवसाय पनि धेरै राम्रो छ।
ब्युटीपार्लरमा अनुहार तथा छालाको सुन्दरता सम्बन्धि काम नै धेरै हुन्छ। त्यसो त कपाल काट्ने, छाँट्ने,
मानिसहरूको कपाल रंग्याउने तथा नयाँ नयाँ स्टाइलको बनाउने काम ब्युटीसीएनको हो।
मानिसहरूको आँखाको परेला देखी खुट्टाको पिंडौला सम्मको रूप र बान्की सुधार्ने काम भएकाले नयाँ फेसनमा आएका शैलीलाई पछ्याउँदै जानु र राम्रो भन्दा राम्रो नतिजा दिनसक्नुमा ब्युटीसीएनको सफलता लुकेको हुन्छ।
समयसँगै आएका प्रविधीको प्रयोग गर्नु र आफूलाई यो क्षेत्रमा आउने परिवर्तन साथै ट्रेन्ड फलो गर्न सक्नु नै यस क्षेत्रमा सफल हुने माध्यम हो।