डिभोर्सको दुई दिनपछि ‘जेरी’को वियोगान्त गीत ‘चोट’ रिलिज

डिभोर्सको दुई दिनपछि गायिका बबिता बानियाँ ‘जेरी’को एक वियोगान्त गीत सार्वजनिक भएको छ ।

राजु परियार र पूर्णकला बिसीको स्वरमा शनिवार ‘चोट’ शीर्षकको गीत सार्वजनिक भएको हो ।

बबिताको शब्द सिर्जना रहेको गीतमा विरही कार्कीको संगीत, कमल सौरागको संगीत संयोजन छ ।

सिद्धकाली डिजिटलको प्रस्तुतिमा निरोज भट्टको यस गीतको भिडियोमा गायिका बनिता बानियाँ स्वयंमसँगै कलाकार राजु आर डी र निरोज भट्टको अभिनय छ ।

स्मृति तिमिल्सिना ‘गुरुआमा’को कथा एवं निर्देशन रहेको गीतलाई स्रोता एवं दर्शकहरूले बबिताको यथार्थ जीवन कहानीसँग तुलना गरेर हेरेका छन् ।

गीतले युट्युबमा निकै राम्रो भ्युज पाएको छ भने थुप्रै प्रतिक्रियाहरू आएका छन्

एक दिनमा भिडियोलाई ३ लाख ६० हजार बढीले हेरिसकेका छन् ।सुरेश श्रेष्ठको छायाँकन रहेको यस गीतको भिडियोलाई प्रविन भट्टले सम्पादन एवं कलर गरेका हुन् ।

प्रत्यक्ष दोहोरीबाट चिनिएका ‘जेरी’ र शंकर क्षेत्रीले गत बिहीबार सम्बन्ध विच्छेद गरेका हुन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *