पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप ‘टिकटक’ले युवा पुस्ता देखि वृ द्ध वृद्धा लाई समेत आकर्षित गरेको छ ।
छोटो भिडियो निर्माण गरेर आफ्नो प्रतिभालाई अरुमाझ देखाउन सकिने टिकटकलाई धेरैले मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्दै आइरहेका छन ।
म्युजिकलि नामको एपलाई चिनियाँ कम्पनीले किनेर टिकटक नामाकरण गरेर सञ्चालनमा ल्याएपछि यसको प्रयोगकर्ता ह्वात्तै बढेको हो ।
पछिल्लोसमय टिकटकबाटै आफ्नो पहिचान बनाएर सेलिब्रेटी बन्ने पनि लहर चलेको छ हाम्रो देश नेपालमा ।
पछिल्लो समय टिकटक मनोरञ्जनको लागि मात्र नभई पैसा कमाउन सकिने माध्यम पनि बनेको छ ।
यसरी पैसा कमाउन सकिने एउटा सजिलो माध्यम टिकटक बनेपछि पछिल्लो समय टिकटकमा सबैको तछाड र मछाड देख्न पाईन्छ ।
यसैक्रममा आज भने पछिल्लो समय टिकटकमा भाईरल एकदमै भाईरल जोडी मिडियामा आएका छन ।
मध्यपुर्ब सिराहा जिल्लाको एउटा सुन्दर गाउँ दबारमा बस्दै आएका यी जोडी अहिले टिकटकमा एकदमै भाईरल भएका छन ।
करोडौंले मनपराईदिएका जोडी आज कुराकानीको क्रममा मिडियामा आएका छन ।
उनिहरुले टिकटकमा बनाएका मायापिरतीको भिडियो सबै दर्शकहरुले मन पराईदिएका छन ।