अभिनेत्रीको कुरा गर्दा नायिका करिश्मा मानन्धरलाई नचिन्ने सायदै काेहि भेटिएला । १४ वर्षको उमेरदेखि फिल्म खेल्न सुरु गरेकी करिश्माले ४६ बसन्त पार गरिसकिन् तर उनको सुन्दरतामा भने झनै निखार आउँदै गएको देखिन्छ ।
करिश्माले दैनिक सामाजिक सञ्जालमा राख्ने तस्विरहरुले पनि ढल्किँदै गएको उमेरमा उनको सुन्दरता बढेको सहजै अनुमान लगाउन सकिन्छ ।
कक्षा ८ सम्म मात्र अध्ययन गरेकी करिश्माले ४ वर्ष अगाडी एसएलसी परिक्षा उत्तिर्ण गरेकी हुन् । २०७५ सालको एसईई परिक्षार्थी भएर करिश्माले बी प्लस ल्याएर उत्तीर्ण गरेकी थिइन् ।
पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्तिमा पार्टीमा लागेर राजनीतिमा प्रवेश गरेकी करिश्माको राजनैतिक जीवन भने सफल हुन सकेन । त्यसैले उनले २०७६ सालको जेठ महिनामा पार्टी छाडेको घोषणा गरिन् । भने अहिले आएर उनी नेकपा एमाले प्रवेश गरेकी छन ।
धेरै नेपाली नायिकाहरु यस क्षेत्रबाट पलाइन भैरहेतापनि करिश्मा पनि यसमा टिकेर बसेकी छिन् । करिश्मा ‘सन्तान’बाट करिअर सुरु गरेकी हुन् । करिश्माले आफ्नो स्वास्थ्य र सौन्दर्यलाई निकै ख्याल राख्छिन् । दैनिक व्यायाम देखि सन्तुलित भोजनको कारण वास्तविक उमेर भन्दा जवान देखिन्छिन् ।