जेरीको उक्त अन्तर्वार्तालाई लिएर शंकर क्षेत्रीले असन्तुष्टि प्रकट गरेका छन् ।
उनले ‘जे हुनु भइसकेकाले मिडियामा रोएर बोल्न आवश्यक नरहेको’ बताए ।
सम्बन्धविच्छेदपछि आफूहरुको अदालतमा केही सहमतिहरु भएको गायक क्षेत्रीको भनाइ छ ।
उनी भन्छन्, मिल्न धेरै कोसिस गरेको हो । तर, जति कोसिस गरे पनि नभएपछि के नै गर्न सकिन्छ र ?
अदालतमा समझदारी भयो । बच्चाको लालनपालन, शिक्षा दीक्षादेखि लिएर अंशसम्म दिने सबै मेरो भागमा परेको छ ।
बच्चाकोे उमेर सानो भएकाले आमासँग बस्नुपर्ने आदेश आयो ।
उनले सत्यतथ्य नबुझी आफू र जेरीको बारेमा सुनेका भरमा समाचारहरु नलेखिदिनसमेत अनुरोध गरेका छन् ।
सम्बन्धविच्छेद गरेर निस्किसकेपछि मनमा के कुराहरु आए रु भन्ने प्रश्नमा उनले उत्तर दिए, ‘त्यस्तो केही छैन ।
मात्र यति भन्न चाहन्छु कि सम्बन्धविच्छेद भइसकेपछि पनि अनावश्यक कुराहरु मिडियामा रुँदै बोल्न जरुरी छैन ।