
काठमाण्डाै – लगातार बढेको सुनको भाउ आज सामान्य घटेको छ ।आज सुन हिजोको भन्दा तोलामा एक सय रुपैयाँ सस्तो छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँ तोकेको छ ।
यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ १ हजार ३ सय रुपैयाँ थियो ।
अन्य समाचार / पोखरा – रोजगारीको सिलसिलामा वैदेशिक रोजगारमा जाने महिलामा थुप्रै चुनौती देखिएको भन्दै यसलाई न्यूनीकरण गर्न महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड दिइएको छ ।
पोखरामा राष्ट्रिय महिला आयोगले आयोजना गरेको वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका लागि वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत निकायगत र तहगत सरोकारवालासँगको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले यो विषयमा जोड दिएका हुन् ।
वैदेशिक रोजगारका लागि युएई र कतार गएर फर्किनुभएकी देवी सुनारले वैदेशिक रोजगार अवसरसँगै चुनौती भएकाले यसमा देखिएका समस्याको समाधानमा आयोगले नीतिगत तहबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । आफूले सम्बन्धित देशको भाषा र कामको दक्षता नहुँदा निकै दुःख भोग्नु परेको अनुभव उहाँले सुनाउनुभयो ।
प्रतिकृया दिनुहोस्