काठमाडौँ । गुणस्तरीय घ्यू र मिस्री एकैपटक खाँदा शरीरलाई थुप्रै फाइदा मिल्छ । मानिसले खाना खाएपछि मिस्री र सौफ त खान्छन् तर तपाईंले कहिल्यै घ्यूसँग मिस्री खानुभएको छ ? घ्यू स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छन् । घ्यूमा पाइने गुण र पोषक तत्व शरीरका थुप्रै रोगबाट रक्षा पनि गर्छ।
रुघा–खोकीदेखि शरीरको प्रतिरोधी क्षमता बढाउने सम्म मिस्री र घ्यूको सेवन असाध्यै फाइदाजनक मानिन्छ । घ्यूमा लिनोलिक एसिड पाइन्छ जसले शरीरमा भएका एक्स्ट्रा फ्याटलाई कम गर्नमा पनि फाइदाजनक हुन्छ । आयुर्वेदमा घ्यूलाई औषधीको रुपमा प्रयोग गरिन्छ । स्वस्थ र पौष्टिक खानपानले शरीरलाई स्वस्थ राख्छ ।
घ्यू र मिस्री खानुका फाइदा: घ्यूमा पाइने घ्यूले शरीरको रोग प्रतिरोधी क्षमता बढाउन पनि निकै उपयोगी हुन्छ । यदि तपाईं सधैँ घ्यूसँग एक चम्चा मिस्रीको सेवन गर्नुहुन्छ भने तपाईंको शरीरमा भएका विभिन्न प्रकारका समस्या हट्छन् र शरीर निरोगी हुन्छ । मिस्रीको सेवनले शरीरमा रगतको कमी पूरा गर्नका लागि पनि फाइदाजनक मानिन्छ ।
१. शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ: शरीरको प्रतिरोधी क्षमता कमजोर हुँदा तपाईं निकै सजिलै संक्रमण र रोगको शिकार हुनुहुनेछ । शरीरको प्रतिरोधी क्षमता बढाउनका लागि घ्यू र मिस्री एकैपटक खानु फाइदाजनक हुन्छ । यसका लागि तपाईंले दैनिक बिहान एक चम्चा घ्यू र एक चम्चा मिस्रीको सेवन गर्नुहोस् ।
२. रुघा–खोकीमा फाइदाजनक: शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुँदा तपाईंलाई निकै छिटो रुघा–खोकीले समात्ने गर्छ । रुघा–खोकी हुँदा एक चम्चा घ्यू लिएर त्यसमा एक चम्चा मिस्री मिसाउनुहोस् र यसमा कालो मरिचको पाउडर हाल्नुहोस् । यी तीनै चिजलाई राम्रोसँग मिसाएर हल्का तातो पानुहोस् र खानुहोस् । यस्तो मिश्रण दुई तीनपटक सेवन गर्दा निकै फाइदा मिल्छ ।
३. शरीरमा हिमोग्लोबिन बढाउन उपयोगी: शरीरमा हिमोग्लोबिनको स्तरको बढाउन पनि घ्यू र मिस्रीको सेवन निकै फाइदाजनक हुन्छ । कतिपटक खानपानमा गडबडी र केही रोगका लागि तपाईंको शरीरमा हिमोग्लोबिनको स्तर कम हुन्छ । यो समस्यालाई रगतको कमी भनिन्छ । शरीरमा रगतको कमी वा हिमोग्लोबिनको स्तर कम हुँदा तपाईंले मिस्री र घ्यू एकैपटक सेवन गर्नुपर्छ ।