क्याल्सियमको उत्तम श्रोत पनिर खानुका यति धेरै फाइदा, जानिराखाैँ

दुधमा धेरै पौष्टिक तत्व पाइन्छ । धेरै मानिसलाई दुध पिएर खान मन नपर्न सक्छ । यस्तोमा अन्य दुग्धजन्य पदार्थ भोजन गरेर ती पौष्टिक पदार्थको आपूर्ति गर्न सकिन्छ ।

 

 

 

पनीर ती मध्ये एक उत्तम विकल्प बन्दछ ।पनीर क्याल्सियमको उत्तम श्रोत हो । यसको नियमित भोजनले दाँत तथा हड्डीलाई स्वस्थ बनाउँछ । यसमा ल्याक्टोजको मात्रा कम हुने भएकाले गुलियोका कारण दाँतमा हुने नकारात्मक असर समेत कम हुन्छ ।

क्याल्सियमका अलावा पनीरमा पर्याप्त मात्रामा भिडामिन डी पनि पाइन्छ । यसले दाँतको छिद्रमा बसेर दाँतलाई क्षति पूराउने किटाणुलाई नष्ट गर्न सहयोग गर्छ ।

जो मानिस कम तौलका कारण चिन्तित हुन्छन् उनीहरुले विशेष रुपमा पनिरको सेवन गर्नु निकै फाइदाजनक हुन्छ । पनिरमा हुने प्रोटिन, चिल्लो तथा अन्य लवण वजन बढाउन सहयोगी हुन्छ । अर्को एक अध्ययन अनुसार पनीरमा पाइने प्रोटिनले मानिसमा क्यान्सरको खतरा पनि कम गर्छ ।

पनीरको नियमित सेवनले शरीरमा रगतको मात्रा बढाउँछ र रक्तअल्पताबाट मुक्ति दिलाउँछ । कलेजोलाई स्वस्थ बनाउन तथा शरीरको पोषण शोषण गर्ने क्षमता समेत बढाउँछ । साथै इन्सुलिन रेसिस्टेन्स सिन्ड्रोम अर्थात् मधुमेह गराउने खतरा पनि कम गर्छ । बढ्दो उमेरसँगै देखिने पेटको समस्यालाई पनि कम गर्छ । साथै पिठ्युँ तथा जोर्नी दुख्ने समस्यालाई पनि कम गर्छ ।

​पनिर खानुका फाइदाहरु: पनिर स्वादको पनि राजा हो खादा धेरै स्वादिलो हुन्छ पनिरको तरकारी । पनिरको फाइदाहरु यस प्रकार छन् : १. क्यानसर: हालै गरिएको एक अध्ययनले पनीर खानाले क्यानसरको खतरालाई कम गर्ने काम गर्छ । पेटको क्यानसर, क्लोनको क्यानसर र ब्रेस्ट क्यानसरको उपचारमा पनि पनीरले महत्वपुर्ण भुमिका खेल्ने गर्छ ।

२. डाइबेटिज: ओमेगा ३ ले भरपुर पनीर डाइबेटिजका बिरामीलाई निकै राम्रो गर्छ । विशेषज्ञका अनुसार डाइबेटिज रोगीहरुले दिनुहँ पनीर खानु स्वास्थका लागि फाइदा हुनेछ ।

सबैभन्दा महत्वपुर्ण दुवै खाले डाइबेटिज रोगीले पनीर खान सक्छन् । ३. तुरुन्त शक्ति प्रधान गर्छ: दुधबाट पनीर बनेका कारण पनीरमा दुधको भरपुर गुणहरु हुनेगर्छ । यसमा उर्जा पनि उत्तिकै हुनेगर्छ । शरिरमा तुरुन्त इनर्जी दिने काम गर्छ । व्यायाम गर्नेहरुले पनीर खाँदा स्वास्थलाई फाइदा हुन्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *