विनोद चौधरीद्वारा मतदाता फकाउन भोजभतेर, दैनिक चार पटक मासुभात !

नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका चौधरीले बर्दघाट नगरपालिका-७ जिमिरेभारमा भोजभतेर सञ्चालन गरेको स्थानीय बासिन्दाले बताएका छन्। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

 

स्थानीय भवानीप्रसाद पौडेलका अनुसार विगत एक सातादेखि दैनिक एक सय जनाभन्दा बढी व्यक्तिलाई मासुभात खाने व्यवस्था उम्मेदवार चौधरीले मिलाएका हुन्। “

एउटा मतदाताले दिनमा चार पटकसम्म मासुभात खाने गरेको छ,” पौडेल भन्छन्।

स्थानीय बासिन्दासँगै राजनीतिक दलका नेता र अधिकारकर्मीले पनि भोजभतेर भइरहेको गुनासो गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का नवलपरासी (पश्चिम) प्रतिनिधि नारायण पराजुली भन्छन्, “पश्चिम नवलपरासी-१ बाट कांग्रेसका उम्मेदवार विनोद चौधरीले एक सातादेखि बर्दघाट नगरपालिका-७, जिमिरेभारमा पर्ने त्रिनेत्र अध्यात्म धाममा भोजभतेर चलाएको पाइएको छ।”

निर्वाचन आचारसंहिता विपरीत भोजभतेर गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयमा उजुरी परे पनि कारबाही नभएको उनी बताउँछन्। पराजुली भन्छन्, “उहाँ विरुद्ध जिल्ला निर्वाचन कार्यालयमा दुई वटा उजुरी परेका छन्, तर उजुरीमाथि सुनुवाई भएको छैन।”

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *