एलिसाको स्टाइल : हेर्नुहोस(फाेटाे फिचर)

चलचित्र ‘लुट २’मा समावेश ‘ठमेल बजार’ बोलको गीतमा आइटम नृत्य गरेपछि आइटम गर्ल एलिसा राइको चर्चा चुलियो । केही म्यूजिक भिडियोमा काम गरेकी एलिसालाई ‘लुट २’को आइटम गीतले एकाएक चर्चामा ल्याइदियो ।

 

 

 

 

यसपछि, उनी नेपाली चलचित्रमा गज्जबले जम्ने अपेक्षा गरिएको थियो । तर, उनी चलचित्रमा आशातित रुपमा जम्न सकिनन् । म्यूजिक भिडियोमा उनको क्रेज औषत छ ।

एलिसा आफ्नो पढाइका कारण पनि आफूले काममा बढी ध्यान दिन नपाएको बताउँछिन् ।

उनै, एलिसा बिहिबार बेलुकी काठमाण्डौको जय नेपाल हलमा पुगिन् । एलिसा वन पिस कालो पहिरनमा हलमा पुगेकी थिइन् । एलिसाको स्टाइलले धेरैको ध्यान खिच्यो ।

नेपाली चलचित्रमा थुप्रै नायिकाहरुको आगमन भैसकेकाले पनि एलिसालाई नायिकाको रुपमा स्थान बनाउन अब सजिलो छैन ।

हेरौ, उनले आफ्नो करिअरलाई कसरी अगाडि बढाउने हुन् ?

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *