काठमाडौँ ५ : इतिहांस रच्ने तयारीमा प्रदीप, ह्याट्रीकको दाउमा ईश्वर

काठमाडौँ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रचार प्रसार र घरदैदलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि मंसिर १ गते राति १२ बजेसम्म मात्रै दलहरुले चुनावी प्रचार प्रसार, घरदैलो गर्न पाउँछन् । प्रचारप्रसारको अन्तिम चरणमा आउँदा विभिन्न दल र स्वतन्त्रसहितका सबै उमेद्वार तथा समर्थक तथा कार्यकर्ताहरु चुनवाी प्रचारप्रसारमा व्यापक रुपमा लागेका छन् ।

देशका चर्चित क्षेत्रमध्येको एक काठमाडौँ–५ मा पनि चुनावी माहौल आफ्नो पक्षमा पार्न उमेद्वारहरु घनिभूत रुपमा लागिपरेका छन् । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँ–५ मा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गठबन्धनका साझा उमेदवार नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

एमालेबाट पोखरेल एक्लै चुनावी मैदानमा छन् । पौडेललाई गठबन्धनको समर्थन छ । सो निर्वाचन क्षेत्रमा
काठमाडौँ महानगरकापालिकाका ५ वडा २, ३, ४, ५, बूढानीलकण्ठ नगरपालिकाका ५ वडा ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका ६ वटा २, ३, ४, ५, ६, ७ पर्दछन् ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने १५ वडामा एमालेले ११, कांग्रेसले ३ र स्वतन्त्र एउटा वडामा विजयी भएका छन् । स्थानीय तहको चुनावको परिणामलाई हेर्दा एमालेका वडाध्यक्षले कुल १७ हजार ९५२, कांग्रेसका वडाध्यक्षले १२ हजार पाँच मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीले एक हजार ८३९ र माओवादी केन्द्रले ७२० मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनमा आबद्ध तीन दलले प्राप्त गरेको मतभन्दा एमाले केही अगाडि देखिन्छ । तर पनि सो क्षेत्र नेता नरहरी आचार्यको निर्वाचन क्षेत्र पनि भएकाले कांग्रेस अघिल्लो निर्वाचन परिणाम उल्ट्याउने दाउमा छ । लामो समयदेखि सार्बजनिक कार्यक्रममा नदेखिएका आचार्य अहिले पौडेलको चुनावी अभियानमा देखिन थालेका छन् ।

सो क्षेत्रमा अहिले एमाले एक्लै चुनावी मैदानमा रहेकोले गठबन्धनको साथले कांग्रेस चुनाव जित्ने दाउमा छ भने पोखरेल आफ्नो जितलाई कायम राख्ने कसरतमा छन् ।

पछिल्लो समय पार्टी राजनीतिमा पनि प्रभावशाली देखिन थालेका पौडेल आफ्ना जनमुखि योजना र युवामुखी विकासनरी भिजन नै जित्ने आधार भएको बताउँछन् । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रको साथ पाएर निर्वाचित भएका पोखरेललाई यस पटक भने केही अप्ठ्यारो देखिन्छ । सरकारमा रहँदा विभिन्न काण्डमा मुछिएको, क्षेत्रको विकासमा ध्यान नदिएको, ५ वर्षसम्म क्षेत्रमा नआएको लगाएत पोखरेल प्रति मतदाताका गुनासा छन् ।

कांग्रेस गठबन्धन र एमालेबीच चुनावी प्रतिस्पर्धा देखिएपनि काठमाडौँ ५ मा दुवै उमेद्वारलाई अन्य २७ जना उमेद्वारहरुले चुनौती दिइरहेका छन् । यस क्षेत्रमा द्वन्द्व व्यवस्थापनविज्ञ डा. प्रणय शम्शेर राणा, राप्रपाका राम प्रसाद उप्रेती, रञ्जु दर्शना, मधुसुधन पाठक लगायतका उमेद्वारहरुले पौडेल र पोखरेलसँगै चुनावी मैदानमा छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *