यौ’नका विषयमा कुरा गर्दा अझैपनि नेपाली समाज खुम्चन्छन् । यौ’नलाई ‘छा’डा’ मानिन्छ । त्यही कारण धेरैजसोले यौ’नका विषयमा जा’ग्ने जि’ज्ञासा, यौ’न इच्छालाई भित्रभित्रै दबाएर बस्छन् । यौ’नको प्रसंग कोट्याउनसाथ रातोपिरो हुन्छन् ।
भनिन्छ, यौ’नप्रतिको गलत धारणा र बुझाईले आज दम्पतीको सयन कक्षबाट कलह पैदा भएको छ । यौ’न कुष्ठा र आवेगको भयावह नतिजा ब’ला’त्कार, यौन हिंसाको रुपमा प्रकट हुँदैछ । जबकि संयमित, सिर्जजनात्मक यौ’नका समबन्धमा हाम्रा पिता–पूर्खाले सदियौंदेखि अनेक अभ्यास गर्दै आए, जसले यौ’नका आयम र महत्वलाई अरु गहिराइमा बुझ्न सकियोस् । त्यही अभ्यास थियो, मन्दिरको टुँडालम कुँदिएका थरीथरीका यौ’न आ’स’न ।
ललितपुर पाटन दरबार क्षेत्रको चार नारायण, हनुमान ढोका दरबारको विश्वनाथ, भक्तपुरको दत्तात्रय मन्दिर जस्ता मन्दिरमा जाँदा मूल मन्दिरको ढोका माथिको चारै तर्फ हेर्नुहोस् अनेकन यौ’न आ’सन देख्नुहुनेछ ।विभिन्न कलाकृतिका अश्लील जस्ता लाग्ने अकृति माथि कल्पवृक्षका पात र लहरा समेत कताकतै देख्न सकिन्छ ।
त्यसको मुनी रासलीलामा मस्त भगवान वा जोगी जस्ता लाग्ने आकृति पनि देख्न सकिन्छ । यति मात्रै होइन । त्यही टुँडाल भरी नै सबै किसिमका यौ’न जीवनको पूर्ण कथा प्रस्तुत गरिएको हुन्छ ।
प्राचीन कला कौशलले सजिएका काठमाडौंका कैयौं मन्दिरमा पाइने यो कलाकृतिहरु प्राचीन समाज यौनको विषयमा संकुचित थिएन भन्ने प्रमाण पनि हो । जसरी विभिन्न अधिकरणहरुको गठन गरेर लिच्छविकालमा यौ’न जीवनलाई व्यवस्थित गराउने प्रयास गरिएको थियो,
त्यस्तै ज्ञानको लागि यी मन्दिरका टुँडालहरुको प्रयोग गरिएको हुनसक्ने पनि मान्न सकिन्छ ।हामीले बुझेको प्राचीन जटिल जीवन के हामीले सोचेको जस्तै जटील नै थिए त ? यो जिज्ञासा पाउनको लागि हाम्रा प्राचीन मन्दिरहरु नै उत्तम वि’कल्पहरु हुन् । तिनै मन्दिरहरुमा ताम्रपत्र, शीलापत्र, काष्ठकला आदिका अनेकौं कला र संस्कृतिहरु देख्न सकिन्छ ।