नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र माओवादीबीच गहिराे मित्रता रहेकाे बताउनुभएकाे छ ।
गोरखाको सहिद लखन गाउँपालिकामा आइतबार आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस र माओवादीका कार्यकर्ताबीच पनि गहिराे मित्रता बढ्दै गएकाे बताउनुभयाे ।
गोरखा-२ मा गठबन्धनकाे तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका प्रचण्डले कांग्रेस र माओवादीबीचकाे मित्रताकाे सन्देश गाेरखाबाट देशैभर फैलाउनुपर्ने बताउनुभयाे ।
‘कांग्रेस र माओवादी या कम्युनिष्ट नमिली पञ्चायत पनि ढलेन, गणतन्त्र र शान्ति पनि आएन,अहिले हामी नमिलिकन प्रतिगमन पनि हार्ने थिएन,तैपनि मनमा घाउ भएजस्ताे थियाे, तर गाेरखामा मेराे उपस्थिति र सम्पूर्ण तालमेलले गर्दा कांग्रेसका कार्यकर्ता र माओवादी तथा अरु वामपन्थीका कार्यकर्ताबीचमा गहिराे मित्रता बन्दै गएकाे देखेकाे छु’ – उहाँले भन्नुभयाे ।
पहिला माओवादी देख्न नसक्ने कांग्रेसका नेताहरु अहिले माओवादी असल रहेछन् भन्नेमा पुगेकाे र कांग्रेस देख्न नसक्ने माओवादी पनि कांग्रेस राम्राे रहेछ भन्नेमा पुगे उहाँले बताउनुभयाे । कांग्रेस र माओवादीबीच गहिराे मित्रता भएपनि पार्टी फेरबदलकाे सम्भावना नरहेकाे प्रचण्डले बताउनुभयाे । ‘म कांग्रेसकाे अध्यक्ष हुने सम्भावना छैन, शेरबहादुर देउवा पनि माओवादीकाे अध्यक्ष हुने सम्भावना छैन,गठबन्धन चाहिँ हामी परसम्म लैजान्छाैं’- उहाँले भन्नुभयाे ।
संविधान रक्षाका लागि गठबन्धन बनाउनुपरेकाे भन्दै उहाँले प्रतिगमनकाे खतरा हुँदासम्म गठबन्धन कायम रहने बताउनुभयाे । ‘कोही कोहीले भन्छन् फेरि चुनाव भइसकेपछि प्रचण्डले यताउती गर्छ कि क्या हो, कांग्रेस छोडेर अर्कोतिर लाग्छ कि क्या हो, अहिले त्यो स्थिति छैन, म तपाइँहरूलाई विश्वास दिलाउन चाहन्छु जबसम्म देशमा आर्थिक अभियान अगाडि बढ्दैन, प्रतिगमनको खतरा टर्दैन तबसम्म यो गठबन्धन कायम रहन्छ ।’
नेकपा एमालेका उम्मेदवारलाई भाेट नदिन समेत प्रचण्डले उर्दि दिनुभयाे । ‘एमालेका उम्मेदवारले संविधान च्यात्न र संसद् विघटन गर्नका लागि भोट मागिरहेको हो ?’-प्रचण्डकाे प्रश्न थियाे ।
आर्थिक क्रान्तिको सुरुआ गर्न गाेरखा आएकाे भन्दै उहाँले गठबन्धनका उम्मेदवारलाई जिताउन सबैमा अपिल समेत गर्नुभयाे ।