लोकदोहोरी गायिका र गायक जेरि र शङ्कर बिचको सम्बन्ध बिच्छेद भएको छ । भर्खरै जिल्ला अदालत काठ्मान्डौमा दुइ बिचको सम्झौतामा सम्बन्ध बिच्छेद भएको हो । ‘जेरी’ उपनामले चर्चित लोक दोहोरी गायिका बबिता बानियाँको दाम्पत्य जीवन भत्किएको छ ।
श्रीमान् शंकर क्षेत्रीसँग उनले डिभोर्स प्रक्रिया अगाडि बढाएकी छन् । लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी थिइन् । उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर, विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन । अन्ततः उनीहरू सम्बन्धलाई निरन्तरता नदिने निष्कर्षमा पुगेका हुन् ।
काठमाडौं जिल्ला अदालतमा अहिले जेरी र शंकरबीच डिभोर्स भएको छ । हिजो उनीहरू दुवै मुद्दा टुंग्याउन अदालत पुगेका थिए । जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् । विवाहको करिब ६ महिनापछि नै छोरी जन्मिएकी थिइन् । डिभोर्सपछि छाेरी जेरीसँग रहने गरी समझदारी भएको छ । आवश्यकता परेको र चाहेको बेलामा बुबाले छोरीलाई भेट्न सक्ने उनीहरूको डिभोर्स फाइलमा उल्लेख छ ।
जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् । उनीहरू दुवै काठमाडौंमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । करिब एक महिनादेखि भने उनीहरू अलग-अलग बस्न थालेको स्रोतले बताएको छ । दसैँअगाडि नै उनीहरूले डिभोर्सको तयारी गरेका थिए । तर, जेरी डेंगुले थलिएपछि केस फाइल गर्न ढिलाइ भएको हो ।
नेपालको लोकदोहोरीमा जेरी निकै नाम चलेकी सफल कलाकार हुन् भने उनीसँग सम्बन्ध जोडिएकै कारण शंकर पनि यस क्षेत्रमा स्थापित हुन सफल भएका थिए । जेरी र शंकरका लाइभ दोहोरी निकै हिट छन् । कृष्ण कँडेलको इन्द्रेणी दोहोरी साँझमा उनीहरूले गाएका दोहोरीले व्यापक भ्यूज पाएका छन् ।
श्रीमान्सँग विवाद बढेसँगै जेरीले हालैमात्र आफ्नै एकल स्वामित्वमा चाहना दोहोरी साँझ सञ्चालनमा ल्याएकी छन् । केही दिनअघि उनले उक्त दोहोरी साँझको उद्घाटन गरेकी थिइन् । स्रोतका अनुसार विवाह गरेदेखि नै उनीहरू एक-अर्काप्रति शंकालु हुन थालेका थिए । श्रीमतीसँगको सम्बन्धमा शंकर बफादार नहुनु नै विवादको जड भएको स्रोतको भनाइ छ । डिभोर्सको मुद्दा शंकरले नै दायर गरेका थिए ।
अन्य समाचार :- अभिनेत्री रिमा विश्वकर्माले आफ्नी आमाको विवाह गराउन चाहेको बताएकी छिन् । ‘महापुरुष’ चलचित्रको प्रतिक्रिया लिने क्रममा रिमाले सञ्चारकर्मीहरुसँग यस्तो बताएकी हुन् । गत कात्तिक ११ गतेदेखि नेपालका सिनेमा हलहरुमा प्रदर्शन भइरहेको चलचित्र ‘महापुरुष’ ले दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको छ ।
पारिवारिक चलचित्रमा बुबाको कथालाई देखाउन खोजिएको छ । फिल्म हेर्न युवा पुस्तादेखि वृद्धहरु पनि हलमा पुग्ने गरेका छन् । अभिनेत्री विश्वकर्मा आइतबार आमालाई साथमा लिएर काठमाडौंको एम सिनेमा हलमा ‘महापुरुष’ हेर्नका लागि पुगेकी थिइन् । सो फिल्म हेरेर बाहिर निस्कने बेला भावुक हुँदै उनले चलचित्र निकै राम्रो बनेको बताइन् ।
संयोगवश आफैंले भोकेका विषयसँग कथा मिल्न गएको उनले जानकारी गराइन् । रिमाका अनुसार बुबाको निधन भएपछि आमाले धेरै दुःख गरेर उनलाई हुर्काएकी हुन् । त्यसैले फिल्मले उनलाई बुबाको याद दिलाएको हो । अर्को प्रशंगमा कुरा गर्दै रिमाले यदि आमाले अहिले पनि विवाह गर्न चाहेमा बिहे गर्दिने बताइन् । यसबीच छोरीको कुरा काटदै आमाले ‘श्रीमानबाट पाउने माया छोरीबाट नै पाएको जवाफ दिइन् ।
त्यसकारण उनको मनमा श्रीमानको मृ` त्युपछि अर्को विवाह गर्न मन लागेन । कुरा गर्दै जाँदा आमा भक्कानिएर छोरीलाई अं`गा लो हालेर रो`इन् । राम्रो चलचित्र बनाएको भन्दै रिमाले चलचित्र निर्माण टोलीलाई धनयवाद दिइन् । ‘महापुरुष’ हेरेपछि उनले फेसबुकमा लेखेकी छन।
चलचित्र ‘महापुरुष’ हेरे पछि कर्तव्य बोझले थिचिएका ‘बा’ का रहरहरु अनि परिवारको स्याहारा र संस्कारसँगै सेलाएका आमाका सपनाको माया लागेर आयो । सबैका ‘बा’ आमाको कथा यति सुन्दर ढंगामा उतार्ने निर्देशक प्रदिप भट्टराईलाई यो कलाकारको तर्फबाट हार्दिक नमन । आफनै ‘बा’ को झल्को दिने ‘महापुरुष’ आदणीय हरिवंश आर्चाय सर, मदन कृष्ण श्रेष्ठ सर, अदाकारा गौरी मल्ल ज्यूको कला कौशलतको तारिफ जति नै गरे पनि कम हुन्छ ।
रविन्द्र सिंह वानियाको समाज अध्ययन र अभ्यासको गहनता उनको चरित्रमा प्रष्ठ देखिएको छ । नव कलाकार अरुन र अन्जना नेपाली सिने जगतका नयाँ आशा हुन ! अग्रिम शुभकामना ! अभिनेत्री तथा पूर्व सञ्चारकर्मी रहेकी रिमा पछिल्लो समय अभिन्य र होस्टका रुपमा बढी चिनिने गर्दछिन् ।