बालीमा बाइडन-सी भेट, द्वन्द्व टार्नुपर्नेमा जोड

कार्तिक २९, २०७९ मंगलबार 78

बालीमा बाइडन-सी भेट, द्वन्द्व टार्नुपर्नेमा जोड

आफ्नो एउटा सुरुवाती मन्तव्यमा बाइडनले अमेरिका र चीनबीच “द्वन्द्व” टार्नुको आवश्यकताबारे बोलेका थिए।

 

बाइडनले ताइवानप्रति चीनको बढ्दो आक्रामक व्यवहारबारे असन्तोष पोखेको बताइएको छ।

 

चीन र ताइवान: यी दुई देशबीच कस्तो सम्बन्ध छ

चीनको सुपर सेना: मिथक कि वास्तविकता

स्वशासित टापु ताइवानलाई बेइजिङले आफ्नो भूभाग भएको दाबी गर्छ तर ताइवानले आफूलाई अलग्गै ठान्छ।

 

बैठकअघि बाइडनले ताइवानका विषयमा आफूहरू दुईले “आफ्ना रेड लाइन के हुन् भन्ने तय गर्ने” बताएका छन्।

 

बैठकपछि चिनियाँ सञ्चारमाध्यमहरूले जनाए अनुसार सी जिन्पिङले ताइवान मामिलामा ‘रेड लाइन’ नकाट्न चेतावनी दिएको बताइएको छ।

 

बाइडनले “आफूहरू दुईबीच खुला सम्पर्क सुत्र कायम गर्न प्रतिबद्ध रहेको” भन्दै त्यसले दुई देशलाई जलवायु परिवर्तन र असुरक्षा सहितका “आपत्कालीन विश्व मुद्दामा सहकार्य” गर्न सम्भव गराउने बताए।

 

उनले सी जिन्पिङसँगको वार्तामा युक्रेन युद्ध र उत्तर कोरियाको उक्साहटपूर्ण व्यवहारबारे चासो व्यक्त गरेका थिए।

 

मङ्गलवार सुरु हुने जी२० बैठकका लागि विश्व नेताहरू यतिखेर इन्डोनेशियामा छन्।

 

सीले के भने?

चिनियाँ राष्ट्रपतिले पाँच वर्षअघि आफूहरू स्विजरल्याण्डको डाभोसमा प्रत्यक्ष भेटेपछि अनलाइन संवादहरू जारी राखेको बताए। तर उनले प्रत्यक्ष भेट्ने कुराको बेग्लै महत्त्व हुने बताए।

 

चिनियाँ पाइला रोक्न अमेरिका र अन्य देशलाई अब किन कठिन छ

अभूतपूर्व पकड सहित सी जिन्पिङ तेस्रो कार्यकालका लागि नेतृत्वमा

“हामीले अनुभवहरू हासिल गर्‍यौँ तर पाठहरू समेत सिक्यौँ। इतिहास सबैभन्दा ठूलो पुस्तक हो र हामीले इतिहासलाई ऐनाको रूपमा हेर्नुपर्छ, ” सीले बाइडनलाई भने।

 

“हाल अमेरिका-चीन सम्बन्ध कठिन अवस्थामा छ र हामी यसबारे निकै चिन्तित छौँ…दुई मुख्य देशका नेताका हैसियतले हामीले सही बाटो पहिल्याउनुपर्ने छ।”

प्रतिकृया दिनुहोस्