कोरियन भाषा परिक्षाकाे फाराम यहि डिसेम्बरमा खुल्ने, पहिले भन्दा धेरै नेपाली जान पाउने

सन् २०२३ मा नेपालको लागि कृषि तथा पशुपालन तर्फको फाराम यहि डिसेम्वरको पहिलो सात सम्ममा खुल्ने भएको छ।कोरोना भाइरको विश्वव्यापी महामारीको कारण लामो समय सम्म कामदार भित्रयाउन नसकेको

 

 

 

कारण हाल दक्षिण कोरियामा कामदार अभावको समस्या रहदै आएको छ।उक्त समस्यालाई मध्यनजर गरि एच आर डी कोरियाले सन् २०२३ को कृषि तथा पशुपालन तर्फको ईपिएस भाषा परिक्षा जनवरी देखि शुरु हुने र सो को

लागि फाराम यहि डिसेम्वर पहिलो हप्ता सम्म खुल्ने गरि छलफल भैरहेको एच आर डी कोरया नेपालको प्रमुख किम उन दकले बुटवलमा सम्पन्न एक कार्यक्रमा जानकारी गराउनु भएको छ।

अंकुर नेपालको आयोजना तथा एच आर डी कोरया नेपालको प्रायोजनमा बुटवलमा सम्पन्न एक वर्तमान ईपिएस सम्वन्धि कार्यक्रमा बोल्दै उहाले सन् २०२२ को ईपिएस भाषा परिक्षा विषेशत सम्पन्न भएको तथा सन् २०२३ को ईपिएस भाषा परिक्षा बारे जानकारी गराउनु भएको हो।

साथै किमले सन् २०२३ को कृषि तथा पशुपालन तर्फको सिप परिक्षा पनि नहुने जानकारी गराउनु भएको छ तर उत्पादन तर्फको भने सिप परिक्षा समेत हुने छ।

साथै २०२३ को लागी कृषि तथा पशुपालन तर्फ ६ हजारको हाराहारीमा कोटा तय हुनेछ। कृषि तथा पशुपालन तर्फको परिक्षा सकिय लगतै उत्पादन तर्फको पनि परिक्षा हुनेछ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *