श्रीमानले आगोको अगुल्टोले मुखमा झोसेपछि ! केटिएम दैनिक

कार्तिक २९, २०७९ मंगलबार 120

श्रीमानले आगोको अगुल्टोले मुखमा झोसेपछि !  केटिएम दैनिक

जिल्लाको नारायण नगरपालिका १ मा बस्ने बादी समुदायकी एक महिलालाई उनको श्रीमानले मदिरा सेवन गरेर आगोको अगुल्टोले मुखमा झोसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

 

घटना हिजो साँझको हो । ती महिला अहिले जिल्ला प्रहरी कार्यालय दैलेखको सम्पर्कमा पुगेकी छन् । पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाका अनुसार दैनिक ज्याला मजदुरी गर्ने ती महिलालाई बेलुका श्रीमानले मादक पदार्थ सेवन गर्नको लागि रकम मागेको र रकम नदिएको निहुँमा उक्त घटना भएको हो ।

 

जिप्रका दैलेखले यस विषयमा पीडितबाट उजुरी लिने काम भइरहेको छ । पीडित महिला विस्ना वादी भएको जनाइएको छ । रोजगारीको लागि भारत गएका ३५ वर्षीया श्रीमान गोपाल बादी केही समयअगाडि नेपाल फर्केको प्रहरीले जानकारी दिएको छ ।

 

हामीले थप जानकारी लिनको लागि उक्त वडाका वडाध्यक्ष शन्देश कुमार श्रेष्ठलाई सम्पर्क गर्दा उनले आफूलाई घटनाबारे थाहा नभएको र थप बुझेर खबर गर्ने बताए । चुनावी प्रचारप्रसारको लागि प्रधानमन्त्री शेर बहादुर देउवा आज दैलेख जाने कार्यक्रम रहेको हुँदा जिल्ला प्रहरीका उच्च अधिकारी र जनप्रतिनिधहरू त्यतै व्यस्त रहेका छन् ।

प्रतिकृया दिनुहोस्