प्रदीपले भारतमा पाए यति ठूलो अवार्ड, बलिउडमा इन्ट्री गर्ने प्रक्रिया अन्तिम चरणमा !

कार्तिक २९, २०७९ मंगलबार 57

अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् । भारतको आग्रामा भएको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदीपले उक्त अवार्ड हात पारेका हुन् । ‘प्रेम गीत–३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मबाट उनले डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । अवार्डकै लागि प्रदीप अहिले आग्रामा छन् ।

 

प्रदीप स्वयंले पनि आफ्नो फेसबुकमा अवार्ड लिएको तस्बिर पोष्ट गरेका छन् । ‘प्रेम गीत–३’ असोज ७ गते भारत र नेपालमा एकसाथ रिलिज भएको थियो । भारतमा हिन्दीमा डविङ गरेर रिलिज हुने ‘प्रेम गीत–३’ पहिलो नेपाली चलचित्र हो ।

 

‘प्रेम गीत–३’मा मुख्य भूमिकामा प्रदीप खड्का छन् । ‘प्रेम गीत–३’लाई सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका छन् ।

 

प्रदीप खड्काको चर्चा ब्यापक बन्दै गइरहेको छ । प्रदीपलाई बलिउड फिल्मबाट अफर आइसकेको छ भने त्यो प्रोजेक्टका लागि उनी लामो समयदेखि भारतमै छन् ।

प्रतिकृया दिनुहोस्