प्रदीप खड्काले जिते डेब्यु अभिनेताको फिल्म अवार्ड

कार्तिक २९, २०७९ मंगलबार 47

प्रदीप खड्काले जिते डेब्यु अभिनेताको फिल्म अवार्ड

चर्चित अभिनेता प्रदीप खड्काले ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड हात पारेका छन् ।

 

भारतको आग्रामा आइतबार बेलुका सम्पन्न भएको फेस्टिबलमा खड्काले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणतर्फको फिचरबाट उक्त अवार्ड जितेका हुन् ।

 

खड्का आफैले सामाजिक सञ्जालमार्फत अवार्ड जितेको खुशीका क्षणका तस्बिरहरु सेयर गरेका हुन् । तस्बिरमा प्रदीपसहित प्रेमगीतको टोली बलिउड अभिनेत्री सोनांक्षी सिन्हासँग देखिएका छन् । फेस्टिबलमा हिन्दी फिल्म ‘मास्क’उत्कृष्ट बनेको थियो ।

प्रतिकृया दिनुहोस्