४९ वर्षीय केसीको तीन तले घरमा भिषण आगलागी, छोरी २५ वर्षीया अस्मिताको मृ’त्यु

मंग्सिर १, २०७९ बिहिबार 67

४९ वर्षीय केसीको तीन तले घरमा भिषण आगलागी, छोरी २५ वर्षीया अस्मिताको मृ’त्यु

गलेश्वर मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आज बिहान आ गलागी हुँदा एकको मृ त्यु भएको छ भने एक घाइते छन् ।

 

 

 

 

 

 

 

आज बिहान करिब ८ बजे भएको आ गोलागीमा परेर आत्मारामकी प्यारालाइसिस र सुस्तमनस्थिति भएकी छोरी २५ वर्षीया अस्मिताको पौने ९ बजे घरमै मृ त्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

 

 

 

आ गालागीमा परेर सोही घरको हरिशरणकी छोरी १४ वर्षीया नित्मा केसीलाई उद्धार गरी उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि लगिएको उहाँले जानकारी दिनुभयो ।

 

 

 

बिहान आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, जु द्ध बारु णयन्त्रका दुई दमकल र स्थानीयवासीको सहयोगमा बिहान ९ बजे आगो नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको र क्षति विवरण सङ्कलन जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्