मकैको बट्टा र जमिनमुनि भेटिएको तीन अर्ब डलर बराबर बिटकोइनको रहस्य

मंग्सिर १, २०७९ बिहिबार 49

मकैको बट्टा र जमिनमुनि भेटिएको तीन अर्ब डलर बराबर बिटकोइनको रहस्य

अमेरिकी कानुन मन्त्रालयले गत वर्ष एक कुख्यात डार्कनेट वेबसाइटबाट चोरी भएको ३.३६ अर्ब बराबरको बिटकोइन जफत गरेको जानकारी सार्वजनिक गरेको छ।

 

५० हजार ६७६ बिटकोइनको थुप्रो एक जना ह्याकरको घरको भुईँमा रहेको सेफ र भुटेको मकै राख्ने बट्टाभित्र विभिन्न उपकरणहरूमा लुकाइएको फेला परेको जनाइएको छ।

 

जेम्स चोङले सन् २०१२ मा अवैध सामान खरिद् बिक्री गर्ने वेबसाइट ‘सिल्क रोड’ बाट उक्त रकम ह्याक गरेको आरोप स्वीकार गरेका छन्।

 

अमेरिकी अधिकारीहरूका अनुसार यो जफत इतिहासमा दोस्रो ठुलो हो।चोङको जोर्जियास्थित घरमा प्रहरीले एक वर्षअघि नै छापा मारेको थियो। त्यसबारेको जानकारी हाल मात्र सार्वजनिक भएको हो।

 

बिटकोइनको मूल्य ह्वात्तै बढ्दा उक्त ह्याक भएको थियो। ह्याकरबाट जफत गरिएको रकम अहिले करिब १.१ अर्ब डलर बराबर हुन जान्छ।

 

चोङले आफ्नो घरको वरपर हार्डड्राइभ र अन्य भण्डारण उपकरणहरूमा बिटकोइन राखी त्यसलाई भुईँमुनि र नुहाउने कोठामा मकैको बट्टाभित्र लुकाइएको सानो कम्प्युटरमा राखेको फेला पारेको अधिकारीहरूले बताएका छन्।

 

चोङले ‘सिल्क रोड’ वेबसाइटको भुक्तानी प्रणालीमा भएको त्रुटिको दुरुपयोग गरेर सिल्क रोडबाट बिटकोइन चोरेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्