विश्वकप हेर्न कतार जाने नेपालीहरू

मंग्सिर १, २०७९ बिहिबार 59

विश्वकप हेर्न कतार जाने नेपालीहरू

फुटबल समर्थक नविन चित्रकारले तीन महिना अगाडि नै कतार विश्वकप हेर्न टिकट काटिसकेका छन्।

 

नेपाली फुटबल क्लब मछिन्द्र क्लबसँग आबद्ध उनले फिफाले विश्वकप टिकट विक्री खोले लगत्तै टिकट खरिद गर्ने प्रयास गरेका थिए, जसमा उनले क्वार्टर फाइनलका दुई खेलको टिकट पाएका छन्।

 

उत्साहित चित्रकार भन्छन् – “छनोट चरणको नतिजा सोचे जस्तै निस्कियो भने क्वार्टर फाइनलमा आर्जेन्टिना र नेदरल्याण्डस् तथा स्पेन र जर्मनीको खेल हेर्न पाइन्छ होला।”

 

चित्रकारसँग चारजना साथीहरूले पनि विश्वकपको टिकट लिइसकेका छन्।पहिलो पटक मध्यपूर्वमा हुन लागेको कतार विश्वकप २०२२ दूरीको हिसाबले नेपालबाट नजिकै हुन लागेकोले यसपाली थुप्रै नेपालीहरूले कतार पुगेरै विश्वकप हेर्ने अनुमान गरिएको थियो।

 

झन्डै ५ घण्टाको हवाई यात्राबाट कतार पुगिन्छ। त्यहाँ झन्डै ४ लाखको हाराहारीमा नेपालीहरू रहेकोले कतार बसाइ सहज हुनसक्ने अनुमान गरिएको थियो।

 

कसरी पुग्ने विश्वकप हेर्न?

विश्वकप हेर्न जाने चारवटा बाटाहरू छन्।

 

पहिलो, व्यक्ति आफैँले फिफाको टिकट अनलाइनबाट खरिद गर्न सक्छ।

 

दोस्रो, नेपालीहरूको लागि फिफाले तोकेको एजेन्ट मार्फत्, अनि तेस्रो, अखिल नेपाल फुटबल संघ एन्फालाई उपलब्ध टिकट र चौथो, विश्वकपको प्रायोजक कम्पनीहरूलाई प्राप्त हुने टिकट मार्फत्।

 

विश्वकप हेर्ने टिभी दर्शकबाट ५०० रुपैयाँ उठाउँदा वितरकलाई कति नाफा?

२३ अक्टोबर २०२२

फुटबल विश्वकप २०२२ मा कुन देशले कुन दिन खेल्दैछन्

१६ जुन २०२२

नेपाली फ्रेञ्चाइज लिग एनएसएलको एउटा क्लब झापा एफसीका मालिक सुजन गौतमले पहिलो माध्यमबाट टिकट किनेका हुन्।

 

उनी भन्छन् – “अप्ठ्यारो चाहिँ भयो। टिकट किन्न डलर एकाउन्ट चाहिन्थ्यो। हाम्रो कार्ड चलेन। त्यसैले विदेशमा रहेको साथीलाई अनुरोध गरेर टिकट किन्न पर्‍यो।”

 

यसरी अनलाइनबाट टिकट किन्नेहरुको सङ्ख्या यकिन छैन। तर विगतको प्रवृत्ति हेर्दा एक सयको हाराहारीमा यसरी टिकट लिने नेपाली दर्शक हुन सक्ने ठानिएको छ।

 

नेपालीहरूको लागि विश्वकप हेर्ने प्याकेजको जिम्मा पाएको ‘म्याच हस्पिटालिटी पार्टनर’ जेनिथ एक्सपेरियन्स ट्राभल सर्भिसेजबाट ३ सय नेपालीले टिकट लिएको बताइएको छ।

 

विश्वकप हेर्न जानेहरूको सबैभन्दा ठूलो सङ्ख्या यही प्याकेज मार्फत् कतार जानेहरूको नै हो।

 

कम्पनीकी प्रबन्ध निर्देशक मिहिका शाहका अनुसार सरकारले पर्यटक भिसामा विदेशमा घुम्न जानेहरूलाई कडा नियम नराखेको भए यो सङ्ख्या अझै बढ्न सक्थ्यो।

प्रतिकृया दिनुहोस्