सिख र नेपालको सम्बन्ध

मंग्सिर १, २०७९ बिहिबार 55

सिख र नेपालको सम्बन्ध

वि.सं. १५७३ मा सिख धर्मका प्रमुख गुरू नानकको नेपाल आगमन भएको थियो । तत्कालीन समयमा उदासी सम्प्रदायको अनुयायीका रूपमा अन्य उदासीहरूका साथ नेपाल प्रवेश गरेका गुरु नानकले बालाजुनजिकै एक वर्ष भन्दा बढी बिताएका थिए, सो स्थानलाई हाल नानकमठ भनिन्छ । सिख गुरूले ध्यान गरेको पिपलको चौतारा सिख धर्मावलम्बीहरूका लागि महत्वपूर्ण तीर्थस्थल पनि हो ।

 

बालाजुमा एक वर्ष बिताएपछि फर्किएका गुरु नानक जनकपुर पुगे, त्यहाँबाट कोशी । कोशीबाट त्याङबोचे पुगेको प्रमाण गुरु नानकसम्बन्धी अध्ययन गरेका डा. दलविन्दर सिंहको सोधमा भेटिन्छ । त्याङबोचे गुम्बामा केही समय बिताएका उनलाई स्थानीयले गुरु रिम्पोछेका रूपमा सम्मान गरेका थिए ।

जङ्गबहादुरले जिन्द कौरलाई बहिनीको रूपमा सम्मानित रूपमा राखेको हुँदा सिखहरूले काठमाडौंलाई मामाघर र नेपालीहरूलाई मामाको रूपमा सम्मान गर्दथे । सिखहरूले नेपाल र नेपालीलाई माया गर्नुको कारण यही नै थियो ।

प्रतिकृया दिनुहोस्