कृष्णजस्तो ब्वाइफ्रेन्ड, रामजस्तो हज्बेन्ड चाहिन्छ : सुहाना थापा

मंग्सिर २, २०७९ शुक्रबार 112

कृष्णजस्तो ब्वाइफ्रेन्ड, रामजस्तो हज्बेन्ड चाहिन्छ : सुहाना थापा

नेपाली अभिनेत्री सुहाना थापाले भगवान् कृष्णजस्तो ब्वाइफ्रेन्ड ९केटा साथी र भगवान् रामजस्तो हजबेन्ड (लोग्ने) चाहना रहेको बताएकी छन्। एपी वान टेलिभिजनको कार्यक्रम ‘ग्ल्यामर गफ’मा उनले सो कुरा खुलाएकी हुन्।

 

 

भगवान् कृष्ण र राममध्ये कसलाई छान्नुहुन्छरु भन्ने कार्यक्रम प्रस्तोताको प्रश्नमा उनले ‘ब्वाइफ्रेन्ड कृष्णजस्तो हुनुपर्छ र हज्बेन्ड रामजस्तो हुनुपर्छ’ भनेकी थिइन्।

‘कृष्ण चुलबुल छन्, मुरली बजाउने, रमाइलो गर्ने त्यसो हुँदा आफूलाई पनि चुलबुल हुन मन लाग्छ,’ अन्तर्वार्तामा उनले भनेकी छन्, ‘भगवान् राम चाहिँ अनुशासित, बुद्धिजीवी राजा भए।’

अभिनेत्री सुहाना थापाको दैनिकी बिहान साढे ४ बजे नै सुरू हुन्छ। हरेक दिन बिहान उनी एक घन्टा ध्यान र व्यायाम गर्छिन्। मनोविज्ञानकी विद्यार्थी उनी ध्यान र व्यायामले मानसिक र शारीरिक रूपमा स्वस्थ बनाउने बताउँछिन्।

अमेरिकाको नोभा कलेजबाट मनोविज्ञानमा स्नातक गरिरहेकी सुहाना ‘भर्चुअल’ कक्षाबाट पढाइ गर्दैछन्। लकडाउन नभएको भए उनले पढाइका लागि विशेष समय निकाल्नु पर्थ्यो।

प्रतिकृया दिनुहोस्