डडेल्धुरामा सागर ढकालको अग्रता, शेरबहादुर देउवा पछि परे

मंग्सिर ५, २०७९ सोमबार 239

डडेल्धुरामा सागर ढकालको अग्रता, शेरबहादुर देउवा पछि परे

डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवा पछि परेका छन् । यहाँ स्वतन्त्र उम्मेदवार सागर ढकालले अग्रता लिएका छन् ।

 

यहाँ सागर ढकालले ३२ मत पाएका छन् । शेरबहादुर देउवाले ४ मत पाएका छन् ।

 

सङ्खुवासभाका तीन मतदान स्थलका मतपेटिका हेलिकप्टरमा ल्याइयो

 

किमाथाङ्का, ५ मङ्सिर । सङ्खुवासभाका दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाका तीन मतदानस्थलका मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको छ ।

 

चीनको सीमावर्ती किमाथाङ्का, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो । भौगोलिकरुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दूधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथाङ्का र ज्योति आधारभूत विद्यालय रिदाकसहित तीन मतदान केन्द्रको मतपेटिका आज दिउँसो हेलिकप्टरमार्फत ल्याइएको सहायक निर्वाचन अधिकृत डाक्टर इन्द्र सापकोटाले जानकारी दिनुभयो ।

 

तीन दिनसम्म पैदल हिँडाएर मतपेटिका सदरमुकाम खाँदबारी ल्याउनुपर्ने भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो । थुदाम मतदान केन्द्रको २० मत, किमाथाङ्काको एक सय ४८ र रिदाक मतदान केन्द्रमा खसेको मत पेटिकालाई खाँदबारी ल्याइएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ६४ मतदान केन्द्रमध्ये एक सय पाँच केन्द्रको मतपेटिका सदरमुकाम खाँदबारीमा सङ्कलन भइसकेको छ ।

प्रतिकृया दिनुहोस्