चितवन- २ ताजा अपडेट: रवि लामिछाने तेस्रो स्थानमा, कसले गर्दैछ लिड ?

मंग्सिर ५, २०७९ सोमबार 160

चितवन- २ ताजा अपडेट: रवि लामिछाने तेस्रो स्थानमा, कसले गर्दैछ लिड ?

चितवन । चितवन-२ को मतगणना सुरु भएको छ । १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् ।पोखरेलले ५३, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ५ मत पाएका छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।

 

उता नेकपा एमालेको गढ मानिएको कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता लिएका छन् । यो क्षेत्रमा एमाले उम्मेदवार विद्या भट्टराईले सुरुदेखि नै अग्रता लिने धेरैको अनुमान थियो ।

 

तर सोमबार दिउँसोसम्म प्राप्त मत परिणाममा माधवले ८७५ मत पाउँदा विद्याले ६९० र नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ४६९ मत पाएका छन् । बराल सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् ।

 

एमाले नेता तथा पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक चुनाव जितेको यो क्षेत्रमा उनकी पत्नी विद्याले नै अग्रता कायम गर्ने अनुमान स्वभाविकै हो ।

प्रतिकृया दिनुहोस्