प्रदीप खड्का यस्तो अबस्थामा भेटिए

मंग्सिर ५, २०७९ सोमबार 66

प्रदीप खड्का यस्तो अबस्थामा भेटिए

अभिनेता प्रदीप खड्का मङ्गलवारबाट निरन्तर चुनावी अभियानलाई लिएर व्यस्त देखिएका छन् । प्रदिपले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार नेताहरूलाई भोट माग्दै हिँडेका छन् ।

 

हिजो बर्दघाट पुगेका प्रदीपले नवलपरासी-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट मागेका थिए, भने आज रुपन्देही क्षेत्र नम्बर-३ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उम्मेदवार दीपक बोहोरालाई मत मागेका हुन्।

 

प्रदिपले भैरहवामा पुगेर बोहोरालाई मतदान गर्न आग्रह गरे। त्यहाँ पुगेर उनले भनेका छन्, दीपक बोहराजस्तो विकास प्रेमी नेतालाई मत दिनु सबैको हित हुने बताउँदै ‘बोहराजीको बारेमा धेरै राम्रा कुरा सुनेको र लुम्बिनी क्षेत्रमा उहाँले नजिते धेरै नोक्सान हुन सक्छ, यसैले सबैले उहाँलाई मत दिन आग्रहसमेत गरेका छन् ।’

प्रतिकृया दिनुहोस्