पतिका सारा तस्विरहरु हटाएपछि वर्षाले भनिन् ‘मौन बसे घमण्ड, केही बोले बहस’

मंग्सिर ५, २०७९ सोमबार 260

पतिका सारा तस्विरहरु हटाएपछि वर्षाले भनिन् ‘मौन बसे घमण्ड, केही बोले बहस’

नायिका वर्षा शिवाकोटीलार्य बौद्धिक नायिकाको कोटीमा राखिन्छ । सामाजिक संजालमा बेला बेलामा झुल्किने र बेलाबेलामा हराउने यी सुन्दरीले अचानक विकाह गरेर सबैलाई चकित पारिन् । त्यसपछि उनको पतिसँग सम्बन्ध विग्रिएको चर्चा समेत चल्यो । व्यक्तिगत जीवनका कारण चर्चामा आइरहने वर्षा यती हुँदा पनि केही बोलीनन् ।गत वैशाखमा अमेरिका बस्ने आशिष गलालसँग विवाह बन्धनमा बाँधिएकी उनले दशैंअघि श्रीमानसँगका तस्विरहरु सामाजिक सञ्जालबाट हटाएपछि धेरैले सम्बन्धका बारेमा प्रश्न उठाउँदा समेत नबालेकी वर्षाले अहिले आएर सामाजिक संजालमा प्रतिक्रिया दिँदै भनेकी छिन् ‘मौन बसे घमण्ड, केही बोले बहस’ । वर्षाको यो भनाईले वर्षाले प्रतिक्रिया त दिइन् तर घुमाउरो शैलीमा ।

 

विबाहपछि अमेरिका गएर फर्किए लगत्तै विवाहको क्रममा श्रीमानसँग खिचिएका तस्विरहरु धमाधम हटाएपछि वर्षाको सम्बन्ध बिग्रिएको विषयमा गाईगुई सुरु भयो । अमेरिका जानु अघि पति र आफ्ना तस्विरहरु बेला बेलामा फेरिरहने वर्षाले नेपाल फर्किएपछि भने श्रीमानलाई सम्झँदै स्टोरी पोस्ट गरेकी छैनन् । तर बिहिबार वर्षाले एक्कासी अलिेसम्म मिडियाले गरेका प्रश्न र उब्जाएको शंकाको उत्तर दिँदै भनेकी छिन् ‘मौन बसे घमण्ड, केही बोले बहस ।’ उनले बिहीवार फेसबुकमा एक तस्विर पोष्ट गर्दै घुमाउरो क्याप्सन लेखेकी हुन् ।

 

यो पनि : को को छन् पल जेलबाट निस्किएपछि फिल्म बनाउने लाइनमा ? लोकप्रियता कमाइरहेकै समयमा अभिनेता पल शाह ब लात्कार अभियोगमा समातिए । ९ महिनादेखि जेल जीवन विताइरहेका पललाई नवलपुर जिल्ला अदालतले बाल यौ न दुरुपयोग मुद्धामा २ वर्ष ६ महिना जेल सजाय सुनाएपछि उनी अहिले तनहुँ जिल्ला अदालत र उच्च अदालत पोखराबाट सफाई पाउने आशामा तनहुँ जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।

 

पल जेल गएसँगै पललाई फिल्म खेलाउने तयारी रहेर पारिश्रमिक दिएकाहरु, पलले खेलीरहेका फिल्मका निर्माता तथा पललाई नै कुरेर बसेकाहरु अहिले तनावमा छन् । ‘दुई नम्बरी’का लागि पलले एक चरणको पारिश्रमिक लिइसकेका थिए । तर पल समातिएपछि बाहिर निस्कने टुंगो नभएका कारण निर्माण टिमले उनको ठाउँमा सौगात मल्ललाई लियो । सौगात भन्दा अघि ‘दुई नम्बरी’को केही प्रतिशत छायांकन गरेका थिए । तर निर्माण यूनिट अघि बढ्दै पलको विकल्प खोज्यो । अन्तत दशैंमा ‘दुई नम्बरी’ प्रदर्शनमा आयो ।

 

पलले अर्को फिल्म ‘सत्यम्’का लागि भनेर म्पुसमा फिल्मको वर्कसप पनि गर्न भ्याए । तर, उनी जेल चलान भएपछि यो फिल्मको निर्माण अन्योल बनेको छ । ‘सत्यम्’का निर्माता पनि पल शाह फर्किने आशामा दिन कुरेर बसेको अवस्था छ । त्यस्तै पलले सुरज सुब्बा नाल्बोको फिल्म ‘हृदय भरी’मा पनि केही दृश्य दिए तर यो फिल्मको अझै केही प्रतिशत छायांकन बाँकी छ । यसका र्निाता निर्देशक पनि पलकै प्रतिक्षामा छन् । उता गायक तथा नायक यश कुमारले निर्देशन गर्ने एक फिल्ममा पनि पल अनुबन्धित भइसकेका थिए । पल कानुनी झमेलामा फसेपछि एस कुमार पनि पलको प्रतिक्षामा छन् ।

प्रतिकृया दिनुहोस्