यी १४ जोडी सेलेव्रिटी: कोही खुलेर, कोही गुपचुप प्रेममा मस्त ! हेर्नुहोस

मंग्सिर ६, २०७९ मंगलबार 91

यी १४ जोडी सेलेव्रिटी: कोही खुलेर, कोही गुपचुप प्रेममा मस्त ! हेर्नुहोस

प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डे ! विश्वभर प्रेम साटासाट गरेर यो दिवस मनाउने प्रचलन छ ।

 

 

 

प्रेम सम्बन्धमा रहेका जोडीको लागि माया साटेर मनाउने दिनको रुपमा भ्यालेन्टाइन्स डेलाई लिइन्छ । नेपाली मनोरञ्जन वृत्तमा यस्ता केही सेलेव्रिटी छन् । जो घोषितरुपमै प्रेम सम्बन्धमा छन् भने कोही अघोषित रुपमा ।

दर्शकको लागि उनीहरुको निजी सम्बन्ध चासोको विषय समेत मानिन्छ । सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनेता सौगात मल्ल र पूर्वमिस नेपाल एवं अभिनेत्री सृष्टि श्रेष्ठ केही वर्षदेखि रिलेसनसिपमा छन् । उनीहरुले यो सम्वन्धलाई लुकाएका पनि छैनन् ।

लिभइन टुगेदरमा रहेका यो जोडी आगामी वर्ष विवाहको तयारीमा छ । सार्वजनिक कार्यक्रममा एकसाथ उपस्थित भएको भने कमै देखिन्छ । सौगात ‘रिजर्भ’ स्वभावको भएकाले उनीहरुले आफ्नो प्रेमलाई सार्वजनिकरुपमा प्रदर्शन गरेका छैनन् ।

अनमोल केसी-आज्ञा करणजित : अनमोल केसी आफ्नो प्रेम प्रसंगलाई लिएर कमै चर्चामा आउने गर्छन् । रिजर्भ स्वभावका उनी यस्तो विषयमा मिडियासँग खुल्दैनन् पनि । त्यसैले उनको प्रेम जीवन फ्यानहरुका लागि कौतुहलको विषय बनिरहेको छ ।

 

प्रतिकृया दिनुहोस्