बसपार्क यौ,न बजारः रात परेसँगै प्रहरीकै अगाडि यस्तो बार्गेनिङ (भिडियोमै हेर्नुस्)

मंग्सिर ६, २०७९ मंगलबार 232

बसपार्क यौ,न बजारः रात परेसँगै प्रहरीकै अगाडि यस्तो बार्गेनिङ (भिडियोमै हेर्नुस्)

रत्नपार्क राजधानीको मुटु हो । यहाँ अफिस टाइम तथा साँझको समयमा मानिसहरुको बाक्लै रुपमा हिँडडुल गर्छन् । फुटपाथमा साना पसल थाप्नेदेखि घर फर्कन गाडी कुर्नेहरुको लाम पनि रत्नपार्कमा देखिन्छ । केही वर्षअघि अहिले सञ्जालमा लोकप्रिय मुकुन्द घिमिरे उर्फ ‘मुकुन्दे’ले रत्नपार्कलाई कमाइ खाने भाँडो बनाएका थिए । उनी रुखमा बसेर भाषण गर्थे । उनको भाषण सुन्ने मानिसहरुको भिड नै लाग्थ्यो त्यहाँ । तर, अहिले पाँचसात वर्षअघिको रत्नपार्क छैन । फेरिएको छ। जादु देखाउनेदेखि आवाज दिएर आफ्नो सामान बिकाउनहरु साइड लागेका छन् । रत्नपार्क व्यवस्थित भएको छ । तर, ठ्याक्कै बाहिरको अवस्था भने घिन लाग्दो छ । साँझ ६ बजेदेखि रत्नपार्कको बारमा अढेस लगाएर यौनकर्मीहरु रंगीन रात सुम्पन मोल गरिरहेको अवस्थामा भेटिन्छन् । साँझको समयमा रत्नपार्कको फुटपाथ व्यस्त देखिन्छ । उक्त फुटपाथले लगभग सय परिवारको चुलो बलेको छ । तर, बिडम्बना फुटपाथ बजार उठेपछि त्यही ठाउँमा अर्को बजार लागिहाल्छ । त्यो हो यौन बजार ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻

प्रतिकृया दिनुहोस्