गुल्मीमा भारी मतले पछि परिन् झाँक्री, एमालेका विष्टले कति ल्याए मत ?

मंग्सिर ६, २०७९ मंगलबार 222

गुल्मीमा भारी मतले पछि परिन् झाँक्री, एमालेका विष्टले कति ल्याए मत ?

यो वर्ष बलिउडले ‘पानी पनि भन्न नपाइरहेको’ बेला फिल्म उँचाइले उद्धार गर्ने आश गरिएको थियो। तर भारतमा ५० देखि ७५ वर्ष उमेरका सीमित दर्शकले मात्रै हलमा पाइला टेके। नेपालका हलमा चाहिँ फिल्म हाउसफुल नै चलिरहेको छ।

 

‘मैने प्यार किया’, ‘हम आपके है कौन’, ‘हम साथ साथ है’, ‘मै प्रेमकी दिवानी हुँ’, ‘विवाह’, ‘प्रेम रतन धन पायो’ जस्ता फिल्म निर्देशन गरिसकेका सरोज आर. बडजात्याको सातौँ फिल्म हो उँचाइ। यीमध्ये ‘मे प्रेमकी दिवानी हुँ’ र ‘प्रेम रतन धन पायो’ बाहेक अन्य फिल्महरू सबै ब्लकबस्टर हुन्।

 

३५ करोड भारुमा बनेको फिल्म उँचाइले प्रदर्शनको एक हप्ता नाघिसक्दा पनि लगानी उठाएको छैन। ‘उँचाइ’को व्यापार हेर्दा निर्देशक सरोजको अहिलेसम्मकै कमजोर फिल्म बन्ने देखिएको छ यो।नेपाली दर्शकले फिल्म हेरिरहँदा यहाँका सुन्दर दृश्य देखेर मन बुझाउने ठाउँ भेटेकाले पनि हुनसक्छ यहाँ भने फिल्मले ताली र सिट्टीसहित हाउसफुल दर्शक पाएको छ।फिल्मको कथा ट्रेलरमै ‘रिभिल’ भइसकेको थियो। चार ‘जिग्री’ साथीमध्ये एभरेष्ट बेस क्याम्प पुग्ने योजना बनाउने भुपेन (ड्यानी डेन्जोङ्पा)को निधन हुन्छ। उसको अस्तु उसको आत्मा बसेको ठाउँमा विर्सजन गर्ने भन्दै तीन साथीहरू अमित श्रीवास्तव (अमिताभ बच्चन), ओम शर्मा (अनुपम खेर) र जावेद सिद्दकी (बोमन ईरानी) सगरमाथा आधार शिविरको यात्रामा निस्कन्छन्।

 

आ–आफ्नै पीडा बोकेका तीन साथीहरूको यात्रामा आइपरेका समस्या र उनीहरूले गरेको मनोरञ्जन नै फिल्म हो। यही यात्रामा जावेदकी श्रीमतीको भूमिका निर्वाह गरेकी निना गुप्ताले साथ दिन्छिन् काठमाडौंसम्म। माला (सारिका) र ट्रेकिङ गाइड श्रद्धा (परिनीति चोपडा) ले आधार शिविरसम्मको ट्रेकमा ७५ हाराहारी पुगेका तीन वृद्धहरूलाई सहयोग गर्छिन्।

 

विषयवस्तु अब्बल हुँदाहुँदै पनि फिल्म चित्तबुझ्दो छैन। बलिउडका ‘बिग फेस’हरूको थुप्रो लागे पनि फिल्मले त्यति मजा दिँदैन। ‘स्टिरियोटाइप’ बलिउड फिल्ममा देखाएजस्तो मेलोड्रामा र पारिवारिक उल्झनमा फिल्म रुमल्लिन्छ।गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै एमालेका गाेकर्ण विष्टले अग्रता कायम राखेका छन् ।

 

अहिलेसममा विष्टले ७ हजार ७ सय ५६ मत पाएका छन् । नेकपा एकीकृत समाजवादीकी झाँक्रीकाे खातामा ५ हजार ५ सय ९१ मत पाएकी छन् ।

 

यहाँ झाँक्री र विष्टकाे कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकाे थियाे । तर विष्टले भारी मतले लिड गरिरहेका छन् ।

 

गुल्मी क्षेत्र नं. १ को भने मतगणना हुन सकेको छैन । मंसिर ४ गतेको निर्वाचनमा कालीगण्डकी गाउँपालिका–२ अर्बेनीस्थित भगवती मावि केन्द्रमा मतदातालाई प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र दिएको पत्ता लागेपछि सो केन्द्रको निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । त्यहाँ आज (मंगलवार) पुनः मतदान गर्न लागिएको छ ।

 

उता, पाल्पाको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यतर्फ एमालेका ठाकुर गैरेले ३०९० मतका साथ अग्रता लिएका छन्।

 

त्यहाँ एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले २४२६ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ४१९ मत पाएका छन्।

 

क्षेत्र नं. २ मा १ लाख ५ हजार २ सय ९३ मतदाता छन्। ६४ हजार २ सय ३ मत खसेको छ ।

प्रतिकृया दिनुहोस्