आयो खुशीको खबर रविले चितवनमा तहल्का मच्चाए, चितवनबासीले रविलाई काँधमा बोकेर मनाए खुशीयाली

मंग्सिर ६, २०७९ मंगलबार 915

आयो खुशीको खबर रविले चितवनमा तहल्का मच्चाए, चितवनबासीले रविलाई काँधमा बोकेर मनाए खुशीयाली

राजनीति

आयो खुशीको खबर रविले चितवनमा तहल्का मच्चाए, चितवनबासीले रविलाई काँधमा बोकेर मनाए खुशीयाली

सडक संचार November 22, 2022

आधा रातमा आयो खुशीको खबर रविले चितवनमा तहल्का मच्चाए, चितवनबासीले रविलाई काँधमा बोकेर मनाए खुशीयाली (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)

 

रवि लामिछाने उक्लिए दोस्रो स्थानमा, कृष्णभक्तको अग्रगता कायमै

 

चितवन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल २३३१ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने २२२७ मतका साथ दोस्रो स्थानमा छन् ।

 

मतगणनाको सुरुवाती चरणमा तेस्रो स्थानमा रहेका लामिछाने मंगलबार विहानबाट दोस्रो स्थानमा उक्लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई पछि पारेका लामिछानेले पोखरेलसँगको मतान्तर पनि जम्मा १०४ को पुर्याएका छन् । श्रेष्ठले २०३६ मत पाएका छन्।

 

सहरी क्षेत्रमा ठूला दलको अंकगणितमा हलचल

 

साना दल र स्वतन्त्र उम्मेदवारको हस्तक्षेपकारी उपस्थितिले राजधानी काठमाडौंलगायत सहरी क्षेत्रमा ठूला दलहरूको अंकगणितमा उथलपुथल ल्याउने संकेत देखिएको छ, उपत्यकाका १५ मध्ये सात क्षेत्रमा प्रमुख दलहरूलाई साना दलहरूको टक्कर

 

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको सोमबार मध्यरातिसम्मको मतगणनाले सहरी क्षेत्रमा ठूला दललाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ धक्का दिने जनाउ गरेको छ । सहरी मतदाताले नयाँ दल र स्वतन्त्र उम्मेदवारतिर मत प्रकट गरेको संकेत देखिएको छ ।

 

उपत्यकाका १५ मध्ये ६ क्षेत्रमा आश्चर्यजनक नतिजा आउने संकेत देखिएको छ । सोमबार मध्यरातिसम्मको मतगणनाले काठमाडौंका चार, ललितपुर र भक्तपुरका एक–एक क्षेत्रमा चुनावी परिणाममा उथलपुथलको जनाउ दिएको छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी तीन ठाउँमा अग्रता लिइरहेको छ भने थप तीन क्षेत्रमा नजिकको प्रतिस्पर्धामा छ । काठमाडौंको एउटा क्षेत्रमा हाम्रो नेपाली पार्टीको अग्रता छ । भक्तपुर १ मा राप्रपा प्रतिस्पर्धामा छ ।

 

उपत्यकाको यो अंकगणित नेताहरूबाट दिक्क भएका मतदाताले नयाँ अनुहार खोजेको र त्यो मतमा प्रकट भएको रूपमा बुझ्नुपर्ने प्राध्यापक कपिल श्रेष्ठ बताउ“छन् ।

 

‘सत्तालाई सके ठक्कर, नसके झड्का दिने काठमाडौंको चरित्र हो,’ उनी भन्छन्, ‘काठमाडौंको भोटिङ प्रवृत्ति यही हो, उनीहरू सिद्धान्त र पृष्ठभूमि हेर्दैनन्, पोखरीमा ढुंगा हानेर छाल उत्पन्न गराउँछन् ।’

 

प्रा.डा.गंगा श्रेष्ठ राजधानीका बासिन्दा शिक्षित र हरहिसाबमा अब्बल भए पनि ससाना कुराका लागि लडाइँ गर्नुपर्ने अवस्थाले फ्रस्टेट रहेको बताउँछन् ।

 

यसले नेता र प्रणालीमाथि नै असन्तुष्टि बढाएको र यो भोटमार्फत व्यक्त भएको उनको टिप्पणी छ । ‘सत्ताको केन्द्रमा रहेकाले बदमासी गरेपछि अब तिमीहरू मात्र छैनौ, अरू पनि छन् भन्ने धारणा मानिसमा विकास भएको छ,’ उनी भन्छन्, ‘यो मतबाट पनि देखियो ।’

 

काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी नयाँ उम्मेदवार सोबिता गौतमले एक हजार ८९१ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेकी ओनसरीले घर्तीले एक हजार २८८ मत ल्याएकी छिन् । यसपछि राप्रपाकी कुन्तीदेवी पोखरेलको एक हजार ११९ र एमालेका मणिराम फुँयालको मत एक हजार ९८ छ ।

 

काठमाडौं ६ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल ६ सय भन्दा बढी मतले अगाडि छन् । उनले दुई हजार ७९ मत ल्याउँदा कांग्रेसका भीमसेनदास प्रधानको मत एक हजार ४१२ छ । प्रधानसँग एमालेका सर्वेन्द्र खनालको टक्कर छ । सर्वेन्द्रले एक हजार ४०१ मत ल्याएका छन् ।

 

काठमाडौं ८ मा नयाँ उम्मेदवारहरूबीच प्रतिस्पर्धा छ । यहाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ अगाडि छन् । उनले तीन हजार १७ मत ल्याएका छन् । लगत्तै हाम्रो नेपाली पार्टीका सुमन सायमी छन् । उनले दुई हजार ८११ मत प्राप्त गरेका छन् । एमालेका शिवसुन्दर राजवैद्य श्रेष्ठभन्दा करिब आधा मतले पछि छन् भने एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले एक हजार १९७ मत प्राप्त गरेका छन् ।

 

काठमाडौं ३ मा कांग्रेसका उम्मेदवारले भारी मतसहित अग्रता कायम गरेका छन् । गठबन्धनबाट कांग्रेसका सन्तोष चालिसे र एमालेका कृष्णबहादुर राईबीच करिब एक हजार तीन सय मतको अन्तर छ ।

 

चालिसेले चार हजार पाँच सय १० मत ल्याउँदा राईको तीन हजार २१३ छ । यसअघि सांसद रहेका राईलाई पूर्वमेयर चालिसेले चुनौती दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्रीले एक हजार ६१७ मत ल्याएका छन् ।

 

काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ करिब पाँच सय मतले अघि छन् । पटक–पटक सांसद र मन्त्री भएका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले पछ्याएका छन् । उनले चार हजार १३४ मत ल्याएका छन् । गठबन्धनबाट माओवादीकी उम्मेदवार भएकी कल्पना धमलाले बल्ल दुई हजार ४०३ मत ल्याएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्र प्रधानको मत एक हजार ८१७ छ ।

 

काठमाडौं ७ माराष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली र एमालेका उम्मेदवार श्यामकुमार घिमिरेको मतान्तर करिब तीन सयमात्र छ । पराजुलीले एक हजार ६३ मतल्याउँदा घिमिरेले एक हजार तीन सय ५५ मतल्याएका छन् ।

 

पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार माओवादीकी मानुषी यमी भट्टराई पनि प्रतिस्पर्धामै छिन् । उनी हजारको छेउछाउ पुग्न लागेकी छिन् ।

 

यहाँबाट पछिल्ला लगातार दुईपटक चुनाव जितेका र हाल स्वतन्त्र लडेका रामवीर मानन्धर र यहीँबाट प्रत्यक्ष चुनाव जितिसकेका र समानुपातिक गरी दुईपटक सांसद भएका राजेन्द्रप्रसाद श्रेष्ठले सय मत पनि कटाउन सकेका छैनन् ।

 

काठमाडौं १० मा कांग्रेसका राजेन्द्र कुमार केसीले दुई हजार ४१८ मत ल्याएका छन्, उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले एक हजार ८७८ मत ल्याएका छन् भने एमालेका हिमेश केसीले एक हजार ३५२ मत ल्याएका छन् ।

 

काठमाडौं ४ र ५ मा भने कांग्रेसले सुविधाजनक अग्रता लिएको छ । काठमाडौं ४ का कांग्रेस उम्मेदवार गगनकुमार थापाले करिब तीन हजार मतले एमालेका राजन भट्टराईलाई पछि पारेका छन् । थापाले ११ हजार ९८६ मत ल्याउँदा भट्टराईले बल्ल नौ हजार २७६ मा सीमित छन् ।

 

काठमाडौं ५ का प्रदीप पौडेल पनि करिब हजार मतले अगाडि छन् । पौडेल दुई हजार ५९१ मत ल्याउँदा एमालेका ईश्वर पोखरेल एक हजार ६९८ मा सीमित छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका डा. प्रणयशमशेर राणा हजार मतनजिक छन् ।

 

ललितपुरमा पनि रोचक प्रतिस्पर्धा छ । त्यसमध्ये चर्चाको केन्द्रमा रहेको क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता लिएकी छिन् । उनी करिब साढे ६ सय मतले अगाडि छिन् । कार्कीले दुई हजार ९३१ मत ल्याउँदा एमालेका अमृत खड्का दुई २९४ ल्याएका छन् । पछिल्लो पटक यसैक्षेत्रबाट चुनाव जितेकी माओवादीकी पम्फा भुसालको मत भने एक हजार ३४४ मात्र छ ।

प्रतिकृया दिनुहोस्