भर्खरै देखाई दिए रबी लामिछानेले नेपाली भएको कागज-पत्र, दुस्मन जतिको गालामा पाँच औलाको डाम !

मंग्सिर ६, २०७९ मंगलबार 384

भर्खरै देखाई दिए रबी लामिछानेले नेपाली भएको कागज-पत्र, दुस्मन जतिको गालामा पाँच औलाको डाम !

नेपाल फर्किएर न्युज २४ टेलिभिजनमा कार्यक्रम सञ्चालकको रूपमा आबद्ध भए पनि उनले सूचना विभागबाट अनुमति । नलिएको र श्रम अनुमति पनि नलिएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी परेपछि उनी नेपालमा अमेरिकी नागरिकको हैसियतमा बसेको खुलेको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

उनी आफैँले पनि अमेरिकी नागरिकको रूपमा नेपालमा पारिवारिक भिसामा बसेको स्वीकार गरे। काउन्सिल कारबाहीको प्रक्रियामै गयो। उनले आफू पत्रकार नभएकाले सूचना विभागबाट अनुमति लिनु नपर्ने तर्क गर्दै अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने दाबी गरेका थिए।

 

उनले २०७५ जेठ ४ मा आफ्नो पासपोर्ट काठमाडौँस्थित अमेरिकी दूतावासमा बुझाएर उताको नागरिकको । कानुनी हैसियत त्याग्ने प्रक्रिया सुरु गरेको विवरण अध्यागमन विभागमा बुझाएकोसम्म रेकर्ड फेला पर्‍यो।

 

तर त्यसपछि के भयो भन्ने कुनै कागजपत्र फेला नपरेको यस प्रकरणबारे जानकारस्रोतले उकेरालाई जानकारी दियो। स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयमा रहेको उनको नागरिकता सम्बन्धी अभिलेखै फेला परेको छैन।

 

उनले निर्वाचन कार्यालयमा पेस गरेको नागरिकता नम्बरको आधारमा नेपालभरको विवरण खोजी गर्दा सो नम्बरमा । अन्य जिल्लाबाट चार वटा नागरिकता जारी भएको तर रवीको नाममा कतैबाट जारी नभएको देखिएको छ।

 

गृह मन्त्रालयको रेकर्डमा रवीको नाममा जारी भएको नागरिकता खारेज भएको रेकर्ड भेटिएको छ। तर उनले अमेरिकी नागरिकको हैसियत त्यागेर पुन नेपाली नागरिकता ब्युँताएको रेकर्ड भने फेला परेको छैन।‘जिल्ला प्रशासनमा रहेको फाइल पनि छैन। अनि उनको नाममा जारी भएको नागरिकता खारेज भएको रेकर्ड छ तर सो ब्युँतिएको रेकर्ड फेला परेको छैन’ स्रोतले भन्यो।

 

सोही आधारमा रबीले अमेरिकी नागरिकको कानुनी हैसियत छाड्ने प्रक्रिया अगाडि बढाएर पुरानै नागरिकता । सक्रिय गराउन प्रतिलिपि नलिएको र पुरानै नागरिकताको आधारमा नेपाली नागरिकको हैसियतमा नेपालमा बसेकाले उनको नागरिकता अवैध भएको एक पक्षको दाबी छ।

 

कानुनमा विदेशी नागरिकता त्यागेको जानकारी गराए लगत्तै पुरानो नागरिकता ब्युँतने उल्लेख छ। यदि नेपाली नागरिकता त्यागेको तर प्रमाण पत्र भने सँगै रहेको अवस्थामा नेपाली नागरिकता ब्यूतिएपछि ।पुन नयाँ प्रक्रिया अनुसार प्रतिलिपि निकाल्नु पर्ने हो या व्यक्तिसँग रहेको पुरानै नागरिकताको प्रमाण पत्र नै सक्रिय हुने प्रस्ट उल्लेख छैन।

 

नागरिकता सम्बन्धी यस्तो छ कानुनी प्रक्रिया

नेपाल नागरिकता ऐन २०६३ मा कुनै नेपालीले विदेशी मुलुकको नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः खारेज हुने उल्लेख छ। यो प्रावधान अनुसार रबीले विदेशी नागरिकता लिएको स्विकारेसँगै उनको नेपाली नागरिक स्वतः खारेज भयो।

 

सोही ऐनमा त्यागेको नागरिकता पाउन सक्ने प्रावधानमा ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई । बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुने’ उल्लेख छ।

 

खुलेको विवरणमा उनले अध्यागमन कार्यालयमा अमेरिकी नागरिकको कानुनी हैसियत त्याग्ने प्रक्रिया सुरु गर्दै आफूले नेपालस्थित अमेरिकी । दूतावासको कार्यालयमा निवेदन दिएको भन्दै जानकारी गराएको देखिन्छ। नागरिकता ऐनमा रहेको प्रावधान ।

 

अनुसार अध्यागमनमा निवेदन दर्ता भए लगत्तै उनको पुरानो नागरिकता पुन ब्युँतने देखिन्छ। उनले उम्मेदवारको हैसियतमा पेस गरेको नागरिकता पुरानै भएकाले उनले प्रतिलिपि ननिकालेको पुष्टि हुन्छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्