घनश्याम भुसालको स्थान झन्झन् खस्किन थाल्यो,कति मतले पछि परे ?

मंग्सिर ७, २०७९ बुधबार 230

घनश्याम भुसालको स्थान झन्झन् खस्किन थाल्यो,कति मतले पछि परे ?

रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी छ । मत गणनाको पछिल्लो नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार छविलाल विश्वकर्माले अग्रता लिएका छन् ।एमाले उम्मेदवार विश्वकर्माले ३ हजार ५८ मत ल्याउँदै अग्रता लिँदा नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरी २५३५ मत ल्याएर दोस्रो स्थान बनाएका छन् ।भुसालले २ हजार ३९९ मत ल्याएका छन् । यस्तै यता प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता कायम राखेका छन् ।एकीकृत समाजवादीका स्थायी समिति सदस्य खतिवडा एमालेका बर्तौलासँग लगातार पछि रहँदै आएका छन् । खतिवडा बर्तौलासँगको मतान्तर कम गर्ने कसरतमा छन् ।

प्रतिकृया दिनुहोस्