प्रतिबन्धका बावजुद इङ्ल्याण्डका ग्रिलिशले रङ्गशालामै प्रेमिकालाई चुम्बन गरेपछि…

मंग्सिर ८, २०७९ बिहिबार 274

प्रतिबन्धका बावजुद इङ्ल्याण्डका ग्रिलिशले रङ्गशालामै प्रेमिकालाई चुम्बन गरेपछि…

फिफा विश्वकप अन्तर्गत समुह चरणको खेलमा इङ्गल्याण्डले इरानलाई ६–२ को अन्तरले पराजित गर्दा इङ्गल्याण्डका खेलाडीहरुले खुशी मनाउने क्रममा गरेको हरकत यतिबेला भाइरल बनेको छ ।

 

इङ्गल्याण्डको लागि छैठौं गोल ज्याक ग्रिलिशले ९० औं मिनटमा गरेका थिए । ग्रिलिशले विश्वकपमा आफुले पहिलो गोल गरेपछि खुशी मनाउने क्रममा आफ्नो जर्सी फुकाल्दै मैदान बाहिर अर्थात दर्शकदीर्घामा गएर आफ्नी प्रेमिकालाई अंकमाल गर्दै चुम्बन गरेका थिएग्रिलिशले यस्तो किसिमले खुशी मनाएपछि अहिले उनका भिडियो र तस्विरहरु सामाजिक सञ्जालमा भाईरल बनेका छन् ।

 

कतार विश्वकपमा यस्ता हरकतप्रति कतार सरकारले पूर्णरुपमा बन्देज लगाएको छ । जुन त्यहाँको नियम अनुसार गर्न पाईदैनकतारको सरकारको नियम अनुसार फुटबल प्रेमी महिला दर्शकहरुले घुँडासम्म ढाक्ने किसिमको पोशाक लगाउनु पर्नेछ । त्यस्तै पुरुषहरुले जिन्स पाइन्ट लगाउनमा समेत प्रतिबन्ध लगाईएको छ । त्यस्तै टीसर्ट उतार्ने कुरामा समेत प्रतिवन्ध लगाईएको छ ।

 

यस्तोमा इङ्गल्याण्डका खेलाडीले टीसर्ट निकाल्दै रङ्गशाला परिसरमै आफ्नी प्रेमिकालाई चुम्वन गर्नुले अहिले कतारको कानुनलाई ठूलो चुनौंति दिएको छ । । ।

प्रतिकृया दिनुहोस्