रोनाल्डो र मेसीका फ्यानलाई समेत थाहा नभएको भाइरल तस्बीरको रहस्य खुल्यो

मंग्सिर ८, २०७९ बिहिबार 73

रोनाल्डो र मेसीका फ्यानलाई समेत थाहा नभएको भाइरल तस्बीरको रहस्य खुल्यो

शनिबार साँझदेखि नै सामाजिक सञ्जालमा फुटबल खेलका दुई तारा लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको तस्वीर भाइरल भइरहेको छ । मेस्सी र रोनाल्डोले एकसाथ फेसबुकमा सार्वजनिक गरेको तस्वीरले फुटबल फ्यानहरू चकित भए । तस्वीरमा दुई खेलाडी चेस खेलिरहेको देखिन्छ ।

 

मेस्सी र रोनाल्डो सँगै भएको तस्वीरलाई लिएर फुटबल समर्थकले धेरै प्रशंसा गरेका छन् । उनीहरूले एक अर्काबीचको मित्रता प्रकट गर्न कतारबाट यो तस्वीर राखेको आँकलन धेरैले गरे ।

 

यसो त आजबाट फिफा वर्ल्डकप २०२२ सुरुवात हुँदैछ, जसमा मेस्सी र रोनाल्डो दुवैले पुनः आफ्नो राष्ट्रिय टिमको नेतृत्व गर्दैछन् । त्यस्तै यो संस्करणको विश्वकप दुवै खेलाडीका लागि अन्तिम विश्वकप हुनसक्ने अनुमान पनि गरिएको छ । यस्तो अवस्थामा दुई खेलाडीले आफ्नो सामाजिक सञ्जालको अकाउन्टमा एकअर्कासँग बसेको तस्वीर राख्नुलाई धेरै पक्षबाट विश्लेषण गरेका छन् ।

 

वास्तवमा यो तस्वीर फेसन ब्रान्ड ुलुइ भितोनु ९यिगष्क खगष्ततयल० को विज्ञापन हो । लुइ भितोन ब्रान्डको ब्यागमाथि चेस खेल्न एकअर्काको विपरीतमा बसेको उक्त तस्वीरमा विज्ञापनका रूपमा पोस्ट गरिएको हो । दुवै खेलाडीले एउटै क्याप्सन राखेर एउटै फोटो पोस्ट गरेका छन् ।

 

उनीहरूको पोस्टको क्याप्सनमा लेखिएको छ, ूविजय भनेको मष्तिष्कको अवस्था हो । एन्नी लेइबोवित्जले लुइ भितोनका लागि खिचेको तस्वीर ।ू

 

यसको अर्थ उक्त फोटो विज्ञापनका रूपमा राखिएको हो । उनीहरूले राखेको पोस्टको तल पेड पार्टनर्शिप लेखिएको छ । यसबाट पनि उक्त फोटो विज्ञापनका लागि मात्र राखिएको पुस्टि हुन्छ ।

प्रतिकृया दिनुहोस्