आज घट्यो कि बढ्यो सुनको भाउ ?

मंग्सिर ८, २०७९ बिहिबार 32

आज घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । साताको पाँचौँ दिन आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । आज सुनको भाउ प्रतितोला १००० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९७ हजार ८०० र तेजावी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

 

 

महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला ९६ हजार ८०० र तेजावी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलाको ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदी १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।

विवाहको महिना मंसिर सुरु भएसँगै सुनको कारोबार बढेको छ ।

प्रतिकृया दिनुहोस्