राष्ट्रिय स्वतन्त्र पार्टीको उदयप्रति ओलीको कटाक्ष- हाहाहुहुमा देश चल्दैन

मंग्सिर ९, २०७९ शुक्रबार 82

राष्ट्रिय स्वतन्त्र पार्टीको उदयप्रति ओलीको कटाक्ष- हाहाहुहुमा देश चल्दैन

राष्ट्रिय स्वतन्त्र पार्टीको उदयप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले कटाक्ष व्यक्त गरेका छन्। बिहीबार भद्रपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले हाहाहुहुमा देश नचल्ने चेतावनी पनि दिए।के गन्तव्य हो? के नीति हो? के कार्यक्रम हो? केही छैन’, राष्ट्रिय स्वतन्त्र पार्टीप्रति ओलीको टिप्पणी थियो, ‘हाहाहुहुमा देश त चल्दैन। त्यतापट्टि प्रोत्साहन गरिरहने कुरा भएको छ। भविष्यलाई अलि जिम्मेवार ढंगले सोच्ने कुरा भन्दा हाहाहुहुमा देशलाई लैजान खोज्ने कुरा नेपालको हितमा छैन।’उनले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई ठूलो कुरा नभएको टिप्पणी पनि गरे। ‘यो स्वभाविक कुरा हो। उदय भनेर जे प्रचार र प्रपागाण्डा गरियो, त्यो वास्तवमा तपाईंहरु (पत्रकार)हरुको कृपा हो। देशलाई गलत बाटोतिर लैजान खोज्दै हुनुहुन्छ नेपालका बौद्धिक जगतले’, उनको भनाइ थियो।

प्रतिकृया दिनुहोस्