एकैसाथ विजयी हुने यी श्रीमान श्रीमती को हुन् ?

मंग्सिर १५, २०७९ बिहिबार 117

एकैसाथ विजयी हुने यी श्रीमान श्रीमती को हुन् ?

पञ्चायतकालमा धनुषा ‘शेरे धनुषा’ को उपमा पाएका हेमबहादुर मल्ल अहिले यो संसारमा छैनन् । १२ वर्षअघि निधन भएका हेमबहादुरको चर्चा मधेसमा अझै छ ।चुनाव आयो कि हेमबहादुरको नाम चर्चामा आउँछ । यसको मुख्य कारण- तत्कालीन राष्ट्रिय पञ्चायतमा हेमबहादुर २०४३ को निर्वाचनमा धनुषाबाट आफूसँगै श्रीमती शारदा मल्ललाई पनि विजयी गराउन सफल भएका थिए ।

 

त्यो निर्वाचनमा उनले ९३ हजार १४९ मत ल्याएर राष्ट्रिय पञ्चायत (पञ्चायतकालीन संसद) सदस्यमा विजयी भएर रेकर्ड बनाएका थिए । त्यसैले उनलाई धनुषाबासीले ‘शेरे धनुषा’ को उपमा दिए ।

 

धनुषामा मात्र होइन्, देशभर उनी ‘शेरे धनुषा’ नामले परिचित भए । उनी त्यतिबेला कृषिमन्त्री पनि बनेका थिए । त्यो ४३ यताका निर्वाचनमा धनुषाबाट प्रत्यक्षमा कोही दम्पती एकसाथ विजयी भएका थिएनन् ।

 

यो निर्वाचनमा रघुवीर महासेठ र उनकी पत्नी जुली महतोले एकसाथ जितेर रेकर्ड दर्ज गराएका छन् । सर्वाधिक मतमा भने हेमबहादुरकै रेकर्ड कायम छ ।एमालेका उम्मेदवार बनेका धनुषा ४ बाट रघुवीर र धनुषा ३ बाट पत्नी जुलीले विजय हासिल गरेकी छन् ।

 

जुलीलाई जसपाको समर्थन थियो । रघुवीर सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादव, जसपालगायतका उम्मेदवारसँग एक्लै लडेका थिए ।

प्रतिकृया दिनुहोस्