प्रचण्डले अस्वाभाविक चलखेल गरेपछि माधव नेपाल आक्रोशित, आज झाँको झार्ने

मंग्सिर २०, २०७९ मंगलबार 69

प्रचण्डले अस्वाभाविक चलखेल गरेपछि माधव नेपाल आक्रोशित, आज झाँको झार्ने

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्नेगरी पहिलो साढे दुई वर्षका लागि प्रधानमन्त्री दाबी गर्न एमालेसँग सहकार्यको पासा फ्याँकेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आक्रोशित भएका छन् ।

 

सत्तागठबन्धन गरी निर्वाचनमा गएर अन्तिम नतिजा नआउँदै प्रचण्डले अस्वाभाविक चलखेल गरेपछि माधव रिसाएका हुन् । सोमबार बिहान एक सय ६५ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।जसअनुसार नेपाली कांग्रेस ५७, एमाले ४४, माओवादी केन्द्र १८, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र राप्रपा समान सात–सात सिट, लोसपा चार, नागरिक उन्मुक्ति पार्टी तीन, जनमत पार्टी र नेमकिपाले एक–एक र स्वतन्त्रले पाँच सिट जितेका छन् ।

 

निर्वाचन परिणामबाट प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठूलो दल हुने भएको छ। जसले गर्दा कांग्रेस नेतृत्वमै सरकार गठन हुने परिस्थिति छ । तर प्रचण्डले एमालेसँग पनि मिल्ने पासा फ्याँकेपछि आइतबार दिनभर माओवादी र प्रचण्डको आलोचना भयो ।

 

त्यसलगत्तै माओवादीको पदाधिकारी बैठकले अहिलेकै सत्तागठबन्धनलाई निरन्तरता दिनुपर्ने निर्णय गरेको थियो । सरकार बनाउन कांग्रेस र एमालेलाई माओवादी नै चाहिने भएपछि प्रचण्डले प्रधानमन्त्री पदलाई ‘मिसन’ बनाएका हुन्।

 

तर, माधव नेपाल भने कांग्रेससहित हालको गठबन्धनबाटै सरकार बनाउनुपर्ने पक्षमा उभिएका छन् । प्रचण्डले फेरि दोगला चरित्र देखाउन थालेपछि सोमबार सत्तागठबन्धनको बैठक बोलाइएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रचण्डको झाँको झार्ने तयारी गरेको स्रोतले बतायो । प्रचण्ड एमालेसँग गए पनि ऊविनै बहुमतको सरकार निर्माण हुने गणित रहेकाले बाध्य भएर माओवादीले आइतबार अर्को निर्णय गरेको थियो ।

 

गठबन्धन जोगाएर जानुपर्छ भन्ने लाइनमा रहेका माधव नेपालले प्रमुख पदहरू बाँडफाँट र कार्यविभाजन मिलाएर सरकार बनाउनुपर्ने बताएका छन् । निर्वाचनमा तेस्रो स्थानमा खुम्चिएको माओवादीले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद ताकेको छ । तर, कांग्रेसमा प्रचण्डलाई साइजमै राख्नुपर्ने आवाज प्रबल बन्दै गएको छ ।

प्रतिकृया दिनुहोस्