मध्यरातमा बालेनले देखाए आफ्नो शक्ति, भेटाए ?

मंग्सिर २०, २०७९ मंगलबार 99

मध्यरातमा बालेनले देखाए आफ्नो शक्ति, भेटाए ?

मध्यरातमा बालेनले देखाए आफ्नो शक्ति, भेटाए सुकुम्बासी भन्नेहरु सबैका खातामा २०-२० लाख रुपैयाँ !

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९ समय: ६:४०:४५

199

Shares

facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

 

 

प्रकाशित मिति । १८ मंसिर, २०७९ ।

 

काठमाडौ । डोजर लिएर सुकुम्बासी बस्ती हटाउन गएको काठमाडौ महानगर असफल भएको छ । बस्ती हटसुन गएका कर्मचारी र स्थानीय बीच ठूलो झडप भएपछि यो बिषय अहिले भाइरल भएको छ ।

 

नेपालीहरु अहिले दुई कित्तामा उभिएका छन । कसैले सुकुम्बासी पक्षको समर्थन गरेका छन भने कसैले बालेन शाहको । धेरैले त्यसरी बस्तिमा डोजर लाउनुभन्दा वास्तविक सुकुम्बासी पहिचान गर्नु पर्ने धारणा राखेका छन ।

 

सुकुम्बासीको नाममा धेरै हुकुम्बासी भएको र त्यसलाई छनबिन गर्नुपर्ने र वास्तविक सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनुपर्ने धेरैको धारणा छ ।

 

सुकुम्बासी अयोग र नियमकानुन नै नहेरी बालेनले सत्ताको दुरुपयोग गरेको आरोप सुकुम्बासी पक्षधरले लाएका छन । सम्बन्धित निकाएले पनि बालेनलाई यस्तो सुझाव दिएका छन । बालेब समर्थकले भने सबैको सम्पत्ति छानबिन गर्ने सुझाव दिएका छन ।

 

सबैको एक एक सम्पत्ति सार्वजनिक गर्ने सुझावलाई बालेनले पनि आत्मसात गरेका छन । अन्य समाचार:- काराेबारकाे चाैथाे दिन आज (मङ्सिर १४ गते) बुधबार सुनकाे र चाँदी दुवै काे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

 

विकल्पहीन मतदाताको विकल्पहीन निर्णय

 

केही नेताको सत्तालिप्सा र असुरक्षा भावको चर्को मूल्य जनताले चुकाउनुपर्ने विडम्बना आज हामीसामु छ ।

 

जनता लोकतन्त्रका हिमायती हुन् । लोकतन्त्रमा जनताको अभिमत सर्वाेपरि हुन्छ । राजनीतिक दल र तिनका नेता–कार्यकर्ता अनि संगठन यसका पूरक अंगका रूपमा हुने गर्छन् । तर, यसका लागि जनतालाई विकल्पहरू छान्ने अवसर हुनुपर्छ, दिइनुपर्छ । कुनै पनि किसिमको अंकुश लगाउनु हुँदैन ।

 

पार्टीको नीति, सिद्धान्त र एजेन्डा वा अन्य कुनै समाज विकासका जायज आधारमा भन्दा जसरी पनि आफूलाई जिताउने कुत्सित मनसायले गरिएको प्रमुख राजनीतिक दलहरूको वर्तमान गठबन्धन र तिनले हासिल गरेका चुनावी परिणामले खुलेआम जनताबाट छनोटको विकल्प खोसेका छन् । गठबन्धन गरेर राजनीतिक दलहरू जनतालाई हामीले जसलाई भनेका छौं, तिमीले उसैलाई मत दिएर निर्वाचित गर्नुपर्छ भनेर बाध्य बनाएको देखियो । यो जबर्जस्ती, करकाप र दबाब हो, जसलाई चुनावी परिणामले पुष्टि गरिसकेको छ ।

 

दलहरूले जसरी र जस्तो प्रकारको गठबन्धन गरेर राजनीतिक प्रतिस्पर्धा गरे, त्यो नेपालको इतिहासमा कहिल्यै नभएको परिघटना भयो । यिनीहरूको निहित स्वार्थ देश र जनताको समस्याभन्दा ठूलो देखिएको छ । पुराना दल र नेताहरूको नियत यतिसम्म छुद्र देखियो कि जुन जनताले उनीहरूलाई त्याग, तपस्या, वीरता र बलिदानका साथ काखमा हुर्काएर, पटकपटक भारी मतका साथ चुनावमा विजय गराए, सत्ताको कुर्सीमा पुर्‍याए, तिनै अढाई–तीन करोड जनतामाथि विश्वास लागेन यस पटक भोट दिन्छन् भनेर ।

 

दलका आफ्नै संगठन, सहिद परिवार, अपांगता भएका, घाइते र कार्यकर्तामाथि विश्वास भएन, भोट दिन्छन् भनेर । त्यही भएर गठबन्धन–तालमेल गरे । उनीहरूलाई विश्वास भयो, सत्ता र कुर्सीका लागि मुठीभर शासकहरूमा, जोसँग पहिले एकअर्काबीच पानी बाराबारको दुस्मनी थियो । पार्टीगत नीति, सिद्धान्त र विचारमा ठूलो भिन्नता राख्थे । आज निहित स्वार्थ मिलेपछि विचार मिल्नेहरूसँग पार्टी एकता र गठबन्धन गरेको भनेर हिँडेका छन् ।

 

लक्ष्य, उद्देश्य, नीति, सिद्धान्त र विचार फरक थिएन भने किन त्यत्तिको हत्या–हिंसा मच्चाएर फरक–फरक पार्टीहरू निर्माण गरे ? गठबन्धनको नाममा किन फरक पार्टी र चुनाव चिह्न लिएर लज्जास्पद तरिकाले चुनाव लडे ? विचार नै फरक नभएपछि एउटै पार्टी र चुनाव चिह्न लिएर चुनाव

 

लड्दा कुन ठूलो अपराध हुन्थ्यो ? किन अझै आफ्नो संगठन, नेता–कार्यकर्ता, जनवर्गीय संगठन र जनतालाई अन्योलमा राखेर बलिको बोको बनाइरहेका छन् ?

 

दलहरू कसका लागि चुनावी गठबन्धन गरे ? कसका विरुद्धमा गठबन्धनको प्रयोग हुँदै छ ? लोकतन्त्र बहाली भएको देशमा कुन एकात्मक निरंकुश व्यवस्थाका विरुद्ध गठबन्धन भएको हो ? देशमा ओलिज्मको ‘कू’ को खतरा देखाएर दलहरूले आम सर्वसाधारण जनता, कार्यकर्ता र राजनीतिक वृत्तमा भ्रम फैलाएर केन्द्रमा एउटा सरकार गिराएर अर्काे सरकार गठन गरे ।

 

खासमा दुईतिहाइ नजिक र अभूतपूर्ण उपलब्धिका रूपमा व्याख्या गरिएको यसअघिको एमाले र माओवादी पार्टी मिलेर बनाएको सरकार पनि त आखिर आधाआधा समय कुर्सीमा बस्ने सहमतिमा बनेको रहेछ । पछि यो कुरा पनि सार्वजनिक भयो । त्यो पूरा नहुँदा कुर्सीकै खातिर एक कम्युनिस्ट अर्काे कम्युनिस्टबाट अलग भएर गैरकम्युनिस्ट वर्ग र दलसँग कुर्सीकै खातिर गठबन्धन गरे ।

 

लोकतन्त्रमा पार्टी र नेतृत्व संगठन र कार्यकर्ता मातहत हुन्छन् । संगठन र कार्यकर्ता जनता मातहतमा हुन्छन् । अर्थात् पार्टी, नेता, कार्यकर्ता र संगठन भनेको जनताभन्दा सर्वाेच्च निकाय होइनन् । तर, जनताभन्दा माथि पार्टी, नेता र कार्यकर्ता हुने मानक अहिले केही मुठीभर सामन्त, सम्भ्रान्त शक्तिहरूले स्थापित गरिदिएका छन् ।

 

दलका नेताहरू राज्य शक्तिको दोहन गरेर जनतामा नयाँ खालको शक्ति प्रदर्शन गर्दै लोकतन्त्रलाई आफ्नो निहित स्वार्थको हतियार बनाउने कुचेष्टामा उत्रिएका छन् । जनताका लागि ‘खाए खा, नखाए घिच्’ को स्थिति बनाइएको छ । के लोकतन्त्र यही हो र यस्तै हुन्छ ? राजनीतिक गठबन्धनका नाममा दलीय गठबन्धन गरेर चुनाव लडेका राजनीतिक दलहरूको लोकतन्त्र समाप्त पार्ने अभ्यास र आफूहरू नै राज्यशक्तिको सर्वेसर्वा हुँ भनेर गरिरहेको शक्तिको प्रदर्शन दुर्भाग्यपूर्ण छ ।

 

यसले कहिल्यै जनहित गर्न सक्दैन । यो अभ्यास राज्यशक्तिको चरम दोहन र प्रणालीकै विद्रूपीकरणको चरमतातर्फ उन्मुख छ ।

 

चुनावमा एउटा दलको नेता अर्कै पार्टीको चुनाव चिह्न लिएर चुनाव लड्ने, साथै सोही नेताले आफ्नो दलबाट टिकट वितरण पनि गर्नेजस्तो हदैसम्मको निर्लज्जता र अवसरवाद पनि देखियो । यस्तो चरम अनैतिकता दुवै खाले गठबन्धनमा देखियो । विचार, नैतिकता र लोकतन्त्रका स्थापित सबै खाले अभ्यासहरूलाई तिलाञ्जली दिएर सम्पन्न भएको निर्वाचनको परिणाम जनता र देशका लागि सुखद नहुने निश्चित छ ।

प्रतिकृया दिनुहोस्