शितलनिवास अगाडि निहारिकाले गरिन् आत्मदाह प्रयासl

काठमाडौं
बलात्कार आरोपीलाई सजाएको माग गर्दै आमरण अनसन बस्दै आएकी निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी छन्।

प्रहरी वृत्त महाराजगन्जका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसीका अनुसार उनले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी हुन्। उनी बसन्तपुरमा अनसन बस्दै आएकी थिइन्।

‘बसन्तपुरमा अनसन बस्दै आउनुभएकी उहाँ आज शितलनिवास अगाडि आउनुभएको थियो,’ उनले भने,‘बिहान गाडी चढेर शितलनिवास आउनुभएको थियो।’

डिएसपी जिसीका अनुसार उनले दुई बोतल पेट्रोल बोकेर आएकी थिएन्।

उनले भने, ‘एक बोतल त आफ्नो ज्यानमा खन्याउनुभएको थियो। अर्को एक बोतल भने खन्याउन पाउनुभएन। हामीले उहाँलाई तुरून्तै नियन्त्रणमा लियौं।’

निहारिकाको स्वास्थ्य अवस्था बिग्रिएको कारण उनलाई शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै उनी न्यायका निम्ति अनसन बस्दै आएकी छन्।

यसअघि उनले गत जेठ १७ गतेदेखि लगातार अनसन बस्दै आएकी थिइन्। त्यसपछि गत असार ३ गते सरकार र निहारिकाबीच पाँच बुँदे सहमति भएपछि उनले अनसन तोडेकी थिइन्।

प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत् पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत् पहल गर्ने, राज्यका सम्पूर्ण निकायका कानुन पीडितमैत्री बनाउन पहल गर्नेलगायत सहमति भएको थियो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *