साउन ३० गते सोमबार, हेर्नुहोस यस्तो छ तपाइको राशिफल

साउन २९, २०७९ आइतबार 2016

साउन ३० गते सोमबार, हेर्नुहोस यस्तो छ तपाइको राशिफल

मेष । स्वादिष्ट भोजन पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ ।

वृष । आज आस मारेको काम बन्नेछ । अरुको मन जित्न सकिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।

मिथुन । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्नेछ । पढाइ लेखाइमा उन्नति र प्रगतिको वातावरण बन्नेछ ।

कर्कट । आज अनवास्यक यात्रा हुनसक्छ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । जोशजाँगरमा पनि कमी ल्याउन सक्छ ।

सिंह । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

कन्या । आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

तुला । आज बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउने र आत्मिक सन्तुष्टि मिल्नेछ ।

वृश्चिक । आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्लान्, तर साँझमा शुभ समाचार पाइनेछ ।

धनु । न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । उपहार र मान सम्मान पनि पाइन सक्छ ।

मकर । आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग समेत रहेको छ ।

कुम्भ । धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ ।

मीन । प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेममा मनमुटावका साथै मानसिक चिन्ता बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्