साउन ३१ गते मंगलबार , हेर्नुहोस यस्तो छ तपाइको राशिफल

मेष । आज सानासाना कुरामा शंका र चिन्ता बढ्ने देखिन्छ । आफ्नै व्यक्तिहरूसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन ।

वृष । नयाँ कार्यको योजना बन्ने र धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ, तर पारिवारिक सुखका लागि धन खर्च हुनसक्छ ।

मिथुन । आज व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । पुँजी बजारमा आकर्षण बढ्नेछ । चिन्ता हटेर मन हलुका हुनेछ । मनोरञ्जनमा सहभागी पनि भइएला ।

कर्कट । कुनै कुराले मनमा शान्ति छाउनेछ । लाभदायक र खुसीपूर्ण यात्रा हुनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।

सिंह । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुनेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कन्या । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो स्वास्थ्य राम्रो रहनेछ भने खुसीका निम्ति केही खर्च हुनसक्छ ।

तुला । आज गरेको कामबाट अपेक्षाकृत सफलता हात पर्नसक्छ । आफन्त एवं इष्टमित्रसँग भेटघाट होला । शेयर बजारमा आकर्षण र लाभको अवसर आउनेछ ।

वृश्चिक । आज उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

धनु । आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । यात्रामा मालसामान पनि हराउन सक्छ, तर अन्तिम समयमा काम बन्नेछ ।

मकर । आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कुम्भ । आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

मीन । आज चलाखीपूर्ण बोलीले काम बन्ने र आर्थिक लाभ हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *