काठमाडौको एउटा कोठामा हेर्नुहोस ! कसैलाई नपरोस् यस्तो

बेला बेलामा उनको मन भकानिन्थ्यो , कहिल्यैँ आँखाबाट आँसु खासमा पाउँदैन थिए तर के गर्नु पर्वत जलजला का गोरी बहादुर नेपालीको ३२ वर्षीय श्रीमती सरवस्ती नेपाली अहिले ओछ्यानमा मै थ ला परेकी छिन्।गोरे नेपालीको अहिले नत भोक छ नत निद्रा नै । उनलाई आफ्नी श्रीमती सँग दुः ख सेयर गर्न मन छन् । आफ्ना थकाइ बाड्न मन छ। तर उनी एकोहोरो बोल्नु बाहेक केही विकल्प नै छैन।

 

आफ्नो कुरा श्रीमती सुन्छिन् या सुन्दिनन् केही थाहा नै छैन। श्रीमती को आवाज नसुनेको कत्ति भयो। उनी जिपबाट लड्दा ठूलै चो ट लगेर यस्तो भएको हो। न बोल्न न हिड्न न सुन्न केही गर्न पनि सक्दिनन्।लोक सेवा पास गरेर सरकारी जागिरे बन्नु सपना हो, कम्तिमा ती युवाहरुका लागि जो आफ्नो भविष्य आर्थिक, पारिवारिक तथा सामाजिक रुपमा सुरक्षित गर्न चाहन्छन् । लोकसेवा फारम भर्न जति सजिलो छ, यस्तो सहज छैन परीक्षामा पास हुन ।

 

कतिले यो वर्ष भएन, अर्को वर्ष । यता भएन उता गर्दै सरकारी जागिरका लागि फारमको लाइन बस्छन् । अनि परीक्षाको तयारी, र पनि सफलता नजिक देखिँदैन । तर रामबहादुर खत्री लाई यो सफलता हासिल गर्न जम्मा पाँच महिना लाग्यो ।

उनी अहिले राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत छन् । यो सफलता चुम्न उनले त्यो पाँच महिना कुन तहको कठिन मेहनत गरे भन्ने कुरा बुझ्न उनको दुई शब्द नै काफी छ । त्यो हो ‘कुर्चीमै निदाउथे’ । यसबारे तल चर्चा गरिनेछ।

 

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ३ कुचैनीमा राम खत्रीको घर छ । बुवा शिक्षक थिए । बीचमै जागिर छुट्यो । प्लस टू को पढाई सकेका खत्रीको त्यसपछि बिसिए ९ब्याचलर इन कम्प्यूटर एप्लिकेशन० पढ्ने इच्छा पूरा हुन कठिन भयो ।

 

वार्षिक साढे ३ लाख कलेजमै बुझाउनु पर्ने, उनी एक लाख बोकेर सदरमुकाम धनगढी हानिए, जागिर र पढाई सँगै गर्ने सोचका साथ । धनगढीको नाष्ट कलेजमा प्रवेश परीक्षा दिए । ४० जनाको सिटका लागि प्रवेश परीक्षा दिने सयौँ थिए । खत्रीले १२ नम्बरमा नाम निकाले । त्यसअघि नै उनले एक फेन्सी पसलमा जागिर सुरु गरिसकेका थिए, तलब थियो महिनाको दुई हजार ।

 

घरबाट ल्याएको एक लाख, जागिर गर्दा महिनाको दुई हजारले वर्षको २४ हजार, खत्रीको मनमा चिसो पस्यो । जागिर गर्दा पनि चाहेको पढाई पूरा गर्न नसकिने भएपछि उनले त्यो ईच्छा लत्याए र कैलाली बहुमुखी क्याम्पसमा बिबिएस पढ्न भर्ना भए ।

 

पहिलो कमाईले रेडियो किने, त्यसपछि रेडियोमै जागिर

 

गाउँमा बस्दा रेडियो नेपाल सुन्ने गरेका खत्रीलाई रेडियोमा बोल्न पाए हुन्थ्यो जस्तो लागिरहन्थ्यो । धनगढीमा एफएम रेडियोहरु खुलेको धेरै भएको थिएन । रेडियो सुन्न सोखिन खत्रीले फेन्सी पसलमा सुरु गरेको जागिरको पहिलो तलबले रेडियो किने ।

 

स्थानीय दिनेश एफएममा रेडियो कार्यक्रम प्रस्तोताका लागि आवदेन खुलेको कुरा रेडियोबाटै थाहा पाए । उनले आवेदन भरे । तर खत्रीको रेडियोमा बोल्ने चाहना पूरा भएन । पहिलो चरणको स्वर परीक्षाबाटै उनी छनौटमा परेनन् ।

 

निराश भएर फर्के पनि खत्रीको मनमा रेडियोमा बोल्न सक्छु भन्ने हिम्मत कम भएको थिएन । उनले प्रयास गर्दै गए । धनगढीको रेडियो सुदूर सन्देशले अवसर दियो । त्यहाँ उनले दुई वर्ष काम गरे । समाचार तथा कार्यक्रममा आवाज दिएका खत्रीलाई शहरले चिन्न थाल्यो । राम्रो काम गर्दै गएपछि सुरुमा स्वर परीक्षामै छनौट नगरेको दिनेश एफएमले पनि पछि आफूलाई काम गर्ने अवसर दिएको खत्री बताउँछन् ।

 

अनि रेडियोको यात्रा टुङ्गीयो

 

सुरुमा रेडियो सुन्ने बानी परेका खत्रीलाई पछि रेडियोमा बोल्ने बानी लाग्यो । तर केही वर्ष काम गरिसकेपछि अब रेडियोमा बोल्ने बानी छुटाउनुपर्छ भन्ने निणर्यमा पुगे । ‘मिडियामा काम गरेर मेरो सपना पूरा हुन्छ जस्तो लागेन, अनि काम छोडेँ’ उनी भन्छन्, ‘बाहिरबाट जुन सपना मैले मिडियामा देखेको थिए पछि आफै भित्र गएर काम गर्दा त्यसभन्दा भिन्न पाएँ ।’

 

अचानक रेडियोको जागिर छोडेर हिँडेका खत्री त्यसपछि एमआर मेडिकल रिप्रिजेन्टेटिभ बने । एक निजी कम्पनीमा आकर्षक तलबका साथ काम गरेका खत्रीले पहिलो वर्षमै देशभरिबाट उत्कृष्ट कर्मचारीको अवार्ड जिते ।

 

राष्ट्रिय वाणिज्य बैंकले देशभरबाट २१ जना कर्मचारी माग गरेको थियो । खत्रीको नाम पहिलो पाँच नम्बरमा निस्क्यो । ‘आमाको सपना पूरा गर्न सकेँ, नतिजा थाहा हुँदा हर्षको आँशु झरेको थियो । यो खबर आमालाई सुनाउँदाको क्षण जीवनको अहिलेसम्मकै सबैभन्दा आनन्ददायक थियो’, खत्री भन्छन् ।

 

हुन त लिखितको नतिजामा नाम निकालेका बेला खत्रीलाई सोर्स फोर्स लगाउनुपर्छ, तिम्रो नाम कसरी निस्केला पनि भन्थे मान्छेहरुले । यो कुराको डर खत्रीको मनमा पनि थियो त्यतिबेला । तर अन्तर्वार्तापछि अन्तिम नतिजा सार्वजनिक हुँदा भने खत्रीलाई लोक सेवा आयोग निष्पक्ष लाग्यो ।

 

‘जब अन्तर्वार्ताको पनि नतिजा निस्क्यो त्यतिबेला मलाई लाग्यो नेपालमा भरोसा गर्न लायक एक मात्र सरकारी संस्था कोहि छ भने त्यो लोक सेवा आयोग हो, खत्री सुनाउँछन् ।

 

मानिसहरु सुविधाभोगी छन् । सकेसम्म सुगममै बस्न अनेक हत्कण्डा अपनाउँछन् । तर राम खत्रीले भने सरकारी जागिरे जीवनको सुरुवात विकट मुगु जिल्लाबाट गरे ।

 

मैले जिल्ला छनौट गर्ने क्रममा मुगु रोजेपछि हलमा ताली बजेको थियो । तालीको गड्गडाहट सुनेपछि मुगुको यात्रा झनै रोमाञ्चक बन्यो । भोलिका दिनमा मुुगुका मेरा यि क्षणहरु अवश्य याद होलान्’, खत्रीले भने । यो समाचार देशसञ्चारका लागि दीपक जोशीले लेखेका हुन।

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *