राजविराज नगरपालिका १ कि ३९ वर्षीया पानोदेवी खंग नाम परिवर्तनको वैदेशिक रोजगारका लागि श्रीमान विदेशिएको नौ वर्ष भयो।श्रीमान विदेश गएपछि सासुससुरा र दुई छोरा र तीन छोरीसहित आठ जनाको जिम्मेवारी काँधमा बोकेकी पानोदेवीलाई हरेक समस्यामा श्रीमानका मितले सहयोग गर्न थाले। उनलाई आफ्ना सासुससुराले पनि सहयोग नगर्ने भने होइन। सँगै श्रीमानका मितले पनि केही समस्या पर्दा पानोदेवी लाई सहयोग गर्दै आए।सहयोग गर्ने क्रममा पानो र श्रीमानका मित नजिकिँदै जाँदा एकअर्कालाई प्रेम गर्न थाले। उनीहरूको अस्वाभाविक हिमचिमलाई सासुससुराले मन पराउन छाडे। तर पनि उनीहरूले दूरी कायम गर्न सकेनन्। जस कारण श्रीमान विदेश रहँदा भएको यौ’न चाहनालाई पानोले श्रीमानका मितबाट पूरा गर्न थालिन्।श्रीमान विदेश गएको तेस्रो महिनाबाटै पानोदेवी र उनका श्रीमानका मितबीच स’म्बन्ध सुरु हुन थालेको र अहिले पनि निरन्तर स’म्बन्ध रहने गरेको छ। चाहना सबैमा हुन्छ नौ वर्ष भयो श्रीमान नआएको उसले श्रीमानका मित मलाई श्रीमानले भन्दा बढी माया गर्छ। हामी नजिक हुँदा जाँदा सम्बन्ध पनि हुन थाल्यो।
