बैंकलाई नेपालीमा के भनिन्छ ?

काठमाडौं । हाम्रो नियमित बोलचालका यस्ता केही शब्दहरू हुन्छन्, जसको नेपाली हामीलाई थाहा हुँदैन् । धेरैलाई कम्प्यूटरजस्ता अंग्रेजी शब्द आउँछ तर त्यसको नेपाली आउँदैन् । जस्तै, कम्प्युटरलाई नेपालीमा ‘सुसाङ्ख्य’ भनिन्छ,

 

 

 

 

तर हामीले कतै पनि सुसाङ्ख्य प्रयोग गरिरहेका हुँदैनौँ । यस्तै बैंक पनि एक हो ।हामीले दैनिकजसो बैंक प्रयोग गरिरहेका हुन्छौँ । तर यदि कसैंले बैंकलाई नेपालीमा के भन्छन् भनेर सोध्यो भने हामीलाई गाह्रो पर्न सक्छ । सामान्यतया नेपालमा बैंक नै प्रयोग हुन्छ ।

आउनुहोस् जानौँ आखिर नेपालीमा बैंकलाई के भनिन्छ ? जानकारी अनुसार बैंकलाई नेपालीमा अधिकोष भनिन्छ ।नेपाली शब्दकोषका अनुसार अधिकोष भनेको ‘सर्वसाधारणले नगद जम्मा (निक्षेप) गर्ने, निजले मागेमा ब्याजसहित रकम फर्काइदिने र सर्वसाधारणलाई

उचित धितो राखी ऋण दिने आदि काम गर्न कानुनी रूपमा अधिकृत संस्था वा ब्याङ्क’ हो ।अर्कोतिर बैङ्कको अर्थ, ‘ब्याज दिएर रुपियाँपैसा जम्मा गर्ने, मागेको बेलामा भुक्तानी वा सापटी दिने, लेनदेन, तेजारती आदि आर्थिक कारोबार गर्ने वाणिज्यसम्बन्धी सरकारी वा गैरसरकारी संस्था’ हो ।

यो पनि – माछापुच्छ्रे बैंकको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को लागि एस.ए.आर. एशोसिएट्स लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *