भदौ २ गते बिहिवार, हेर्नुहोस यस्तो छ तपाइको राशिफल

भाद्र १, २०७९ बुधबार 1944

भदौ २ गते बिहिवार, हेर्नुहोस यस्तो छ तपाइको राशिफल

मेष । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ ।

बृष । आर्थिक कारोबारमा विवाद आउनेछ । पारिवारिक झैझमेला आउला । स्वास्थ्यमा समस्या र चोटपटकको भय छ सचेत रहनुहोला ।

मिथुन । आज वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट । दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

सिंह । आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । नयाँ र मङ्गल कार्यको योग छ । चिन्ता छाडेर चिन्तन गर्दा राम्रो हुन्छ ।

कन्या । आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा छटपटी बढ्नाले मन कमजोर रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

तुला । आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृश्चिक । आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने र कुटुम्बको सहयोग मिल्नेछ ।

धनु । आज आँटेको र ताकेको कार्य पुरा होला । मनोरञ्जनको क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइने र व्यापारमा पनि सफलता मिल्नेछ ।

मकर । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पार्न सक्ने छ ।

कुम्भ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला ।

मीन । आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

प्रतिकृया दिनुहोस्